भिजिट भिसाबारे चिन्ता नलिन रास्वपा सांसदलाई श्याम घिमिरेले सुझाव | Khabarhub Khabarhub

भिजिट भिसाबारे चिन्ता नलिन रास्वपा सांसदलाई श्याम घिमिरेले सुझाव


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाका बारेमा धेरै चिन्ता नलिन रास्वपा सांसदहरूलाई सुझाव दिएका छन् । 

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै घिमिरेले रास्वपालाई अहिलेको ठाँउमा ल्याउने श्रेय नै भिजिट भिसा रहेकाले यसबारे धेरै चिन्ता नलिन सुझाव दिए ।

भिजिट भिसाका बाहिर गएर, उतैको नागरिकता लिनु अन्तराष्ट्रिय कानून अनुसार गलत कार्य भएको उनले बताए । तर भिजिट भिसाबाट बाहिर गरेर उतैको नागरिकता लिएकादेखि घरजम गरेकालाई नेपाल फर्किएपछि पार्टी खोलेर गृहमन्त्रीदेखि उपप्रधानमन्त्री र मन्त्री बनाउने अभ्यास भइसकेको घिमिरेको भनाइ छ । 

उनले जुन पार्टीका धेरै सांसदहरू भिजिट भिसाबाट अहिलेको ठाउँमा आएका छन्, त्यही पार्टी सांसदहरुले बढि भिजिट भिसाका बारेमा चिन्ता व्यक्त गरेको भन्दै आश्चर्य जनाए । 

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ३ : ४० बजे

तनहुँका दुई लाख ९० हजार पशुमा पूर्णखोप

तनहुँ – जिल्लाका करिब ४६ हजार बढी परिवारले पालेका पशुलाई

गृहमन्त्री लेखकद्वारा विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग छलफल

काठमाडौं– गृहमन्त्री रमेश लेखकले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित तराई–मधेशका स्थानीय

‘समृद्ध तनहुँ बनाउन सबैबीच हातेमालो आवश्यक छ’

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समृद्ध तनहुँ

मधेश सङ्‍कट बारे गृहमन्त्री : वैकल्पिक स्रोतहरुको पहिचान गरी वैज्ञानिक वितरणको व्यवस्था मिलाइने

काठमाडौं – गृहमन्त्री रमेश लेखकले मधेशका प्रमुख जिल्ला अधिकारीहरुलाई पानीको