एमालेको निर्णयलाई विद्याको चुनौती- राजनीतिमा लाग्न संविधानले रोकेको छैन | Khabarhub Khabarhub

एमालेको निर्णयलाई विद्याको चुनौती- राजनीतिमा लाग्न संविधानले रोकेको छैन


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा लाग्न संविधानले नरोक्ने बताएकी छन् ।

बबरमहलस्थित कार्की ब्यांकेटमा शुक्रबार आयोजित विशेष पत्रकार सम्मेलनमा भण्डारीले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताइन् ।

सम्बोधनका क्रममा उनले आमसञ्चार माध्यम पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणबाट आफ्नाो भावि राजनीतिक यात्राको बारेमा चासो व्यक्त हुँदै आएको बताइन् । ‘विगत एक वर्षदेखि त व्यापक रुपमै मेरा बारेमा सञ्चारमाध्यमले सरोकार राखेको सबैलाई अवगतै छ,’ उनले भनिन्, ‘राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषय साथै अन्तराष्ट्रिय राजनीति परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन मनन गर्दैं आएको छु ।’

भण्डारीले आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने / नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराएको बताइन् ।

यसैसाता (सोमबार) सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा प्रवेश नदिने भन्दै सदस्यता नै निलम्बनमा राख्ने निर्णय गरेको थियो । तर सक्रिय राजनीतिमा फर्कन आफूलाई कसैले नरोक्ने भण्डारीले बताउँदै आएकी छिन्‌ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ४ : ०३ बजे

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु, अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक

मुस्ताङमा हिमपात र चिसोबाट प्रभावित पर्यटकको उपचारमा सशस्त्रको टोली

काठमाडौं– मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटक अविरल हिमपातबाट प्रभावित बनेपछि

आन्दोलनबारे छलफल गर्न मानव अधिकार आयोग पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बुधबार मानव अधिकार आयोगका अध्यक्ष

रोकिएन नर्सहरूको आन्दोलन, आज देशभरका स्वास्थ्य संस्थामा २ घण्टा सेवा बन्द 

काठमाडौं– देशभरीका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूले बुधबार

दाङखोलामा अलपत्र पुल बनाउन दबाब

म्याग्दी– दाङखोलामा ठेक्का सम्झौता भएको छ वर्षसम्म पनि निर्माण सुरु