अर्थमन्त्री पौडेलद्वारा रूपन्देहीका विभिन्न योजनाको अनुगमन « Khabarhub

अर्थमन्त्री पौडेलद्वारा रूपन्देहीका विभिन्न योजनाको अनुगमन


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रूपन्देहीमा विभिन्न चालु र नयाँ योजनाको आज स्थलगत अवलोकन गरेका छन् । अर्थमन्त्री पौडेल आज साँझ रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ मा चालु र नयाँ योजनाको स्थलगत अवलोकनमा गरेका छन्।

उनले तिलोत्तमा–६ मा रहेको नौकट्टी सडकको अवलोकन गर्नुका साथै वडा नम्बर ६ गोरकट्टास्थित निर्माणाधीन अवस्थामा रहेको १५ शैय्याको नगर अस्पतालको अवलोकन गरे । उक्त स्वास्थ्य चौकीलाई नगर अस्पतालको रूपमा स्तरोन्नति गर्न लागिएको हो ।

अस्पताल पूर्ण निर्माण भई सञ्चालनमा ल्याउन रु १७ करोड लागत अनुमान गरिएको छ । चौध कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाको लागि स्व. गोपाल ओझान्ठाक्ष, अमृतप्रसाद ओझान्ठाक्ष र शम्भुप्रसाद ओझान्ठाक्षले जग्गा उपलब्ध गराएका थिए ।

सो क्रममा स्थानीय २०८४ अघि नै अस्पताल निर्माणको काम सम्पन्न गर्न अर्थमन्त्री समक्ष आग्रह गरे । अर्थमन्त्रीका साथमा सहभागी तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरी र तिलोत्तमा–६ का वडाध्यक्ष गणेश पाठकले यो अस्पताल सिङ्गो नगरको गौरवको विषय भएकाले यसलाई सकेसम्म छिटो पूरा गर्न ध्यानाकर्षण गराए ।

अर्थमन्त्री पौडेलले अस्पताल निर्माण सम्पन्न गर्न सरकारले यथाशक्य सहयोग गर्ने भन्दै निर्माणको कामलाई गति दिन आग्रह गरे । उनले पश्चिम पहुनी मावि, मोक्षधामको अवलोकन गर्नुका साथै वस्तुस्थितिबारे जानकारी लिए ।

त्यस्तै उनले कुन्जलापुरमा रहेका दुई वटा पुलको निरीक्षण गर्नुका साथै कुन्जलापुरदेखि नगर अस्पतालसम्म जाने रु तीन करोड लागतको सडक र गोरकट्टादेखि गणेशपुर जाने रु तीन करोड लागतको कुलोको अवलोकन गरी वस्तुस्थितिबारे जानकारी लिए ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ९ : ४१ बजे

विधानविपरीत केही व्यक्तिले विशेष महाधिवेशनका नाममा भेला डाके : कावा सभापति खड्का

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको विधानविपरीत केही व्यक्तिहरूले

‘विशेष महाधिवेशन विखण्डनको थलो हो, त्यता नजाऊँ भन्दा मानेनन्’

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषद्वारा ५१ लाख सहयोग

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

तालमेलको टुंगो नभएपछि एमालेले सबै १६५ क्षेत्रमै उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसहितका शक्तिसँग तालमेल र