शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ १३ पैसा र बिक्रीदर १३८ रुपियाँ ७३ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ ७९ पैसा र बिक्रीदर १६२ रुपियाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ६६ पैसा र बिक्रीदर १८६ रुपियाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपियाँ २१ पैसा र बिक्रीदर १७३ रुपियाँ ९७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ६१ पैसा र बिक्रीदर ९१ रुपियाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ९९ पैसा र बिक्रीदर १०१ रुपियाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ७६ पैसा र बिक्रीदर १०८ रुपियाँ २३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३४ पैसा र बिक्रीदर नौ रुपियाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २७ पैसा र बिक्रीदर १९ रुपियाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८२ पैसा र बिक्रीदर ३६ रुपियाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७९ पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ २६ पैसा र बिक्रीदर चार रुपियाँ २८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६१ पैसा र बिक्रीदर ३७ रुपियाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ७२ पैसा र बिक्रीदर ३२ रुपियाँ ८६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ९९ पैसा र बिक्रीदर १० रुपियाँ ०४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४८ पैसा र बिक्रीदर १४ रुपियाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ६७ पैसा र बिक्रीदर २१ रुपियाँ ७७ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ६० पैसा र बिक्रीदर १७ रुपियाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ ३८ पैसा र बिक्रीदर ४५४ रुपियाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपियाँ ४८ पैसा र बिक्रीदर ३६८ रुपियाँ ०८ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपियाँ ७७ पैसा र बिक्रीदर ३६० रुपियाँ ३३ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ५ : ४९ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको