बिग बोस १९ को आधिकारिक घोषणाः शोमा नयाँ ट्विस्ट र लोगो सार्वजनिक | Khabarhub Khabarhub

बिग बोस १९ को आधिकारिक घोषणाः शोमा नयाँ ट्विस्ट र लोगो सार्वजनिक


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडको चर्चित कन्ट्रोभर्सी रियालिटी शो बिग बोस को १९औँ सिजनको औपचारिक घोषणा भएको छ। केही दिनयता सो सिजनका विभिन्न कुरा सार्वजनिक भइरहेका छन् । एआई थिम रहने, शोको अवधि लम्ब्याइने लगायतका अड्कलबाजी-सामाजिक सञ्जालमा चर्चाको विषय बनेका थिए। अन्ततः दर्शकहरूका लागि प्रतिक्षा समाप्त भएको छ, किनभने निर्माताहरूले बिग बोस १९ को घोषणा गर्दै पहिलो टीजर सार्वजनिक गरेका छन्।

जिओहटस्टार मार्फत सार्वजनिक गरिएको यो टीजरमा सलमान खान होस्ट गर्ने यो सिजनका लागि नयाँ लोगो प्रस्तुत गरिएको छ। टीजरको क्याप्सनमा लेखिएको छ, “काउन्टडाउन सुरु भइसकेको छ, अब चाँडै नै हङ्गामा हुनेछ , प्रतिक्षामा रहनुहोला ।”

यो सिजनको सबैभन्दा विशेष पक्ष भनेको बिग बोसको लोगोमा गरिएको परिवर्तन हो। वर्षौंपछि पहिलोपटक शोको लोगो पूर्ण रूपमा परिवर्तन गरिएको छ, जसमा सेतो, नीलो, पहेँलो, गुलाबी, बैंगनी लगायत थुप्रै रंगको मिश्रण गरिएको छ।

यसले सिजनको थिमसँग कुनै विशेष सन्देश बोकेको हुनसक्ने अनुमान गरिएको छ, तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ।

अर्कोतर्फ, अघिल्लो सिजन बिग बोस १८ मा करण वीर मेहरा विजेता बनेका थिए भने विवियन डिसेना पहिलो रनरअप रहेका थिए।

यो सिजनले के नयाँ ट्विस्ट ल्याउनेछ ? नयाँ लोगोले शोको कथावस्तु र प्रस्तुतिमा कस्तो परिवर्तन ल्याउनेछ ? यी सबै प्रश्नको उत्तर भने शो प्रसारण भएपछि मात्र पत्ता लाग्नेछ।

दर्शक भने हालै सार्वजनिक गरिएको टीजर र नयाँ पहिचानले निकै उत्साहित देखिएका छन्।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ८ : १७ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा