काठमाडौं– नमोबुद्ध/बीपि राजमार्ग अन्तर्गत बिसकिलोमा सवारी दुर्घटना हुँदा नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टीपी शर्मा गम्भीर घाइते भएका छन् । घाइते शर्माको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
नमोबुद्ध नगरपालिका बिस किलो (भकुण्डे)मा नार्केबाट काठमाडौं तर्फ जाँदै गरेको बा ६२ प ३५७८ नम्बरको स्कुटरले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०३-०२-००७ प ८८०० नम्बरको स्कुरटलाई ठक्कर दिई सवारी दुर्घटना हुँदा स्कुरट चालक नमोबुद्ध २ का किशोर तिमल्सिना सामान्य घाइते, स्कुटरमा पछाडि सवार नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टंक प्रसाद शर्मा गम्भीर घाइते भई उपचारको लागी धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाकारी दिएको छ ।
अर्का स्कुटर चालक जिल्ला दोलखा मेलुङ घर भई हाल जिल्ला काभ्रे रोशी गा.पा.०८ बस्ने निमा तेम्वा थोकर सामान्य घाइते भई उपचारको लागी मेथिनकोट अस्पताल पठाइएको भने ठक्कर दिने चालक र स्कुटर निमन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया