स्कुटर दुर्घटना हुँदा नमोबद्धका पूर्व मेयर शर्मा गम्भीर घाइते « Khabarhub

स्कुटर दुर्घटना हुँदा नमोबद्धका पूर्व मेयर शर्मा गम्भीर घाइते


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नमोबुद्ध/बीपि राजमार्ग अन्तर्गत बिसकिलोमा सवारी दुर्घटना हुँदा नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टीपी शर्मा गम्भीर घाइते भएका छन् । घाइते शर्माको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । 

नमोबुद्ध नगरपालिका बिस किलो (भकुण्डे)मा नार्केबाट काठमाडौं तर्फ जाँदै गरेको बा ६२ प ३५७८  नम्बरको स्कुटरले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०३-०२-००७ प ८८०० नम्बरको स्कुरटलाई ठक्कर दिई सवारी दुर्घटना हुँदा स्कुरट चालक नमोबुद्ध २ का किशोर तिमल्सिना सामान्य घाइते, स्कुटरमा पछाडि सवार नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टंक प्रसाद शर्मा गम्भीर घाइते भई उपचारको लागी धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाकारी दिएको छ । 

अर्का स्कुटर चालक जिल्ला दोलखा मेलुङ घर भई हाल जिल्ला काभ्रे रोशी गा.पा.०८ बस्ने  निमा तेम्वा थोकर सामान्य घाइते भई उपचारको लागी मेथिनकोट अस्पताल पठाइएको भने ठक्कर दिने चालक र स्कुटर निमन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ११ : ५५ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्