प्रचण्डले कांग्रेस र एमालेमा देखेको सङ्कट – माओवादी केन्द्रका लागि अवसर « Khabarhub

प्रचण्डले कांग्रेस र एमालेमा देखेको सङ्कट – माओवादी केन्द्रका लागि अवसर

‘एमालेमा ‘मदनका चार श्रीमती’ र जबजबारे विवाद / कांग्रेसमा वैचारिक खडेरी’


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसमा देखिएको वैचारिक सङ्कट माओवादी केन्द्रका लागि अवसर हुने बताएका छन् ।

उनले यो परिस्थितिलाई राम्रोसँग ‘हेन्डल’ गर्न सके देशको राजनीतिमा फेरि एकचोटि राम्रैसँग लिडरसिप लिन सकिने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उठाएको ‘मदन भण्डारीका चार श्रीमती र सहकारी ठगी’ को प्रसङ्ग र जबजको प्रवर्तकै को हो ? त्यसको प्रस्तावक को हो भन्नेमा एमालेभित्रको विवादले सङ्कट निम्त्याएको प्रचण्डले बताए ।

उनले कांग्रेसभित्र पनि विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाले गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको खडेरी परेकाकाले माओवादीलाई अवसर प्राप्त भएको बताए ।

काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले वैचारिक, राजनीतिक सङ्कट नभएको पार्टी माओवादी केन्द्रमात्रै रहेको बताए ।

के भनेका थिए प्रचण्डले यहाँ हेरौँ ।

कांग्रेसमा विश्वेश्वरप्रसाद कोइराला र पछिल्लो पटक गिरिजाप्रसाद कोइराला जस्ता नेताहरूले खेलेको भूमिका वा गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र साङ्गठनिक नेतृत्वको खडेरी परेको देखिन्छ । अहिले म यो भन्दा धेरै भन्दिनँ । त्यही कुरा एमालेभित्र हे¥यो भने एमालेभित्र झन ठूलो सङ्कट वैचारिक, राजनीतिक सङ्कट र नेतृत्वको सङ्कट अहिले देखा परेको छ ।

अहिलेसम्म त्यो पार्टीले मदन भण्डारी र जबज (जनताको बहुदलीय जनवाद) को आधारमा टिकाएको र अगाडि लगेको हामी सबैलाई थाहा छ ।

तर आजको दिन क्राइसिस के भयो भने– जबजको उत्तराधिकारी को हो ? जबजको प्रवर्तकै को हो ? त्यसको प्रस्तावक को हो भन्नेमा विवाद सुरु भयो । यो ठूलो सङ्कट हो ।

अस्ति प्रधानमन्त्रीले मदन भण्डारीसँग सम्बन्धित एउटा स्मृति कार्यक्रममा मदन भण्डारीका चार वटा श्रीमती थिए र सहकारी ठगीको आरोप थियो भन्ने कुराबाट सुरु भएको त्यो प्रक्रिया अहिले पक्कै पनि पूर्वराष्ट्रपति विद्या भण्डारीजीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारी मै हो भन्ने ढङ्गले उहाँ अगाडि आउनु भएको छ र यो सङ्कट गहिरिने देखिएको छ ।

त्यसकारण यो ठूलो आइडियोलोजिकल, पोलिटिकल क्राइसिस हो ।

कांग्रेसमा पनि तपाईंले हेर्नुभयो भने एमालेमा पनि वैचारिक राजनीतिक सङ्कट नभएको पार्टी माओवादी केन्द्र हो । तपाईंहरू गहिरिएर विचार गर्नुहोला अहिले मलाई व्याख्या गर्ने समय छैन ।

हामी (माओवादी केन्द्र) लाई आठौं महाधिवेशनले गरेको निर्णय समाजवादी क्रान्ति सम्बन्धी सर्वसम्मत निर्णय छ त्यहाँ अहिलेसम्म कसैले विमत्ति राखेको छैन ।

केही महिना अघि केन्द्रीय समितिको बैठक पनि सर्वसम्मत रुपमा निर्णय भएको छ र हामी अभियानमा छौं । एकाध मान्छेका कुण्ठा या प्रतिक्रियावादी र दलालहरूको प्रभोकेशनमा गएर हाम्रो पार्टीमा कुनै प्रकारको सङ्कट वैचारिक राजनीतिक पनि छैन । लिडरसिपको सङ्कट पनि हाम्रो पार्टीमा छैन ।

अन्यत्र देखा परेको छ र यो हाम्रो लागि अवसर जस्तो पनि बनेर आउँदै छ । र यसलाई राम्रो हेन्डल गर्न सकियो भने हामीले साँच्चै नै देशको राजनीतिमा फेरि एकचोटि राम्रैसँग लिडरसिप लिन सक्ने वातावरण बन्दै छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  २ : ५८ बजे

बुद्धका सन्देश व्यवहारमा उतार्न सकेमात्रै दिगो शान्ति सम्भव : राष्ट्रपति पौडेल

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेलले अहिंसा, मैत्री, करुणा र प्रज्ञाको सन्देशलाई

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर- ललितपुरको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी

सुकुम्वासीको अधिकारका लागि आन्दोलन घोषणा, जेठ ७ देखि देशव्यापी आमहड्ताल गर्ने चेतावनी

काठमाडौं- भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको अधिकार सुनिश्चित गर्न

मध्य पूर्व द्वन्द्व चरम उत्कर्समा, अस्पताल तथा स्वास्थ्यकर्मी लक्षित आक्रमणमा वृद्धि : डब्ल्यूएचओ

जेनेभा- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) पछिल्लो समयमा मध्य पूर्वको द्वन्द्व

झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा- कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३