‘तान्सेन खानेपानी व्यवस्थापनमा स्थानीय सहभागिता, प्रतिबद्धता र पारदर्शिता अत्यन्तै अनुकरणीय’ « Khabarhub

‘तान्सेन खानेपानी व्यवस्थापनमा स्थानीय सहभागिता, प्रतिबद्धता र पारदर्शिता अत्यन्तै अनुकरणीय’


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तान्सेन– खानेपानीमन्त्री प्रदीप यादवले भौगोलिक कठिनाइ र स्रोतहरूको सीमितताका बाबजुद पनि पाल्पाको तान्सेनमा खानेपानी व्यवस्थापनमा देखिएको स्थानीयवासीको सहभागिता, प्रतिबद्धता र पारदर्शिता अत्यन्तै अनुकरणीय रहेको बताएका छन् ।

शनिबार पाल्पाको तानसेन स्थित तानसेन खानेपानी उपभोक्ता समितिको १० औँ साधारणसभालाई सम्बोधन गर्दै मन्त्री यादवले ‘पानी जीवनको आधार, स्वच्छ पानी सबैको अधिकार’ भन्ने अत्यन्तै सान्दर्भिक नारालाई आत्मसात गर्दै खानेपानीको क्षेत्रमा आम नागरिकको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताए ।

उनले भने, ‘तान्सेनमा खानेपानी व्यवस्थापनमा देखिएको स्थानीय सहभागिता अत्यन्तै अनुकरणीय छ । भौगोलिक कठिनाइ र स्रोतहरूको सीमितताका बाबजुद पनि सरकार खानेपानीको समस्या समाधानका लागि पूर्ण प्रतिबद्ध छ ।’

तानसेन–कालीगण्डकी बृहत पम्पिङ् खानेपानी आयोजना सफलतापूर्वक कार्यान्वयन भएकाले जनताको घरदैलोमा शुद्ध, सुरक्षित र पर्याप्त खानेपानी पुर्‍याउँदै सरकारको “सबै नागरिकका लागि स्वच्छ पानी’ भन्ने सङ्कल्पलाई व्यवहारमा उतारेको प्रति मन्त्री यादवले खुशी व्यक्त गरे ।

खानेपानी मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२/८३ मा यस क्षेत्रका योजना कार्यान्वयनका लागि बजेट विनियोजन गरिएको र उक्त बजेटले यहाँका नागरिकलाई गुणस्तरीय सेवा दिने सरकारको लक्ष्यलाई अझ सार्थक बनाउने विश्वास व्यक्त गरे ।

स्थानीय तहको सक्रियतासँग सहकार्य गर्दै खानेपानी मन्त्रालयले हालसम्म ३१० भन्दा बढी स्थानीय तहहरूमा वास योजना तयार गरिसकेकाले खानेपानी, सरसफाइ र स्वच्छताको सेवा प्रवाहमा महत्त्वपूर्ण टेवा पुर्‍याएको जिकिर गरे ।

त्यसैगरी मन्त्री यादवले स्थानीय उपभोक्ता समितिहरूलाई पनि खानेपानीको दिगो व्यवस्थापनका लागि सहयोग र समन्वय गर्न आग्रह गरे ।

उनले पानीका मुहान संरक्षण, पाइपलाइन विस्तार, र स्रोतहरूको समुचित उपयोगमा स्थानीय सहभागिताको आवश्यकता औँल्याए ।

मन्त्री यादवले तानसेन नेपालको इतिहास र सभ्यताको एक जीवन्त स्मारक भएको र श्रीनगर डाँडाको काखमा अवस्थित यो सहर, सांस्कृतिक गौरव, शैक्षिक प्रगति एवं प्राकृतिक सौन्दर्यको सङ्गम नगर भएको बताए ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ३ : २६ बजे

पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

देवदह– तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन

अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार

जेनेभा- अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित

भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

भक्तपुर– भक्तपुर अस्पतालको १२३औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

गलकोट (बागलुङ)- बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा