‘युवालाई दुर्व्यसनमुक्त बनाउन आध्यात्मिक मार्गदर्शनको आवश्यकता छ’ « Khabarhub

‘युवालाई दुर्व्यसनमुक्त बनाउन आध्यात्मिक मार्गदर्शनको आवश्यकता छ’


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान युवा पुस्तालाई दुर्व्यसन, निराशा र दिशाविहीनताको दलदलबाट बचाउन आध्यात्मिक मार्गदर्शनको आवश्यकता रहेको बताएका छन् । 

शनिबार वीरेन्द्रनगरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्रका प्रतिनिधिसँग भएको भेटवार्ताका क्रममा मुख्यमन्त्री कँडेलले समाजमा बढ्दो मानसिक तनाव, आत्महत्या, लागूपदार्थको दुरुपयोगलगायत समस्याको समाधानका लागि आध्यात्मिक मूल्य र अभ्यासलाई जीवनशैलीमा समावेश गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘आजका युवाहरू आधुनिक प्रविधिका कारण नयाँ विषयमा छिटो ज्ञान प्राप्त गरिरहेका छन् तर मानसिक रूपमा कमजोर हुनुका साथै तनावले भरिँदै गएका छन् । मोबाइल, सामाजिक सञ्जाल र नशालु पदार्थको लतले उनीहरूलाई भौतिक उन्नतिमा मात्रै केन्द्रित गरिरहेको छ, जसले दीर्घकालीन रूपमा समाज र राष्ट्रलाई असर पार्न सक्छ ।’

मुख्यमन्त्री कँडेलले ब्रह्माकुमारी संस्था जस्ता आध्यात्मिक केन्द्रहरूले शुद्ध विचार, सकारात्मक सोच, आत्मअनुशासन र नैतिक जीवनशैलीको अभ्यास गराउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने भूमिका खेलिरहेका उल्लेख गरे ।

उनले कर्णाली प्रदेशका विद्यालय, युवा क्लब, पुनः स्थापना केन्द्र तथा सरकारी कर्मचारीलाई लक्षित गर्दै राजयोग प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सकिने सुझाव दिए । 

संस्थाका प्रतिनिधिले भौतिक विकाससँगै मानसिक र आध्यात्मिक शुद्धताले मात्र समृद्ध समाज निर्माण सम्भव हुने धारणा राख्दै राज्यले आध्यात्मिक केन्द्र र सकारात्मक सोचको प्रवर्द्धनमा सहयोग गर्नुपर्नेमा जोड दिएका दिए । 

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ६ : ५२ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्