मनास्लु हिमाल आरोहणका क्रममा विदेशी पर्यटकको मृत्यु « Khabarhub

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी पर्यटकको मृत्यु


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– चुमनुब्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लु हिमाल आरोहण गर्न गएकी एक विदेशी पर्यटकको मृत्यु भएको छ ।

हिमाल आरोहण गर्ने क्रममा पोल्याण्डकी ५० वर्षीया रिता डोनेटा ब्लाड्यको शनिवार लेक लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

आरोहणका क्रममा ब्लाड्य तेस्रो शिविरसम्म पुगेकी थिइन् । ‘सेभेन समिट ट्रेक्स प्रालि’मार्फत् मनास्लु आरोहणका लागि त्यहाँ पुगेकी ब्लाड्य माथिल्लो शिविर उक्लदै गर्दा बिरामी परेकी हुन् ।

बोकेर तेस्रो शिविर ल्याइपुर्‍याउँदा उनको मृत्यु भएको शर्माले बताए ।

मौसम खराब भएका कारण उनको शव ल्याउन समस्या भएको उनले बताए । घटनास्थल उत्तरी गोरखाको सामागाउँ प्रहरी चौकीबाट तीन दिनको पैदल दूरीमा पर्छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ७ : ५९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह