यी युवक जसको उपद्रो हर्कतले ज्यान गयो « Khabarhub

यी युवक जसको उपद्रो हर्कतले ज्यान गयो


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजभोलि मानिसहरुका रुची अनेक हुन्छन् । चर्चा बटुल्न विभिन्न हर्कत गर्ने गर्छन् । कोही खेलमा रुचि राख्छन्, कोही पर्वतारोहणमा त केहि खतरनाक स्टन्ट गर्न रुचाउँछन् ।

स्वभाविक हो– मानिस पिच्छे फरक–फरक चाहना र रुची हुन्छन् । कतिपयले राम्रो बाटो समात्दा चर्चाको शिखर चुम्न सफल भएका छन् । तर, केहीले गलत बाटो रोज्या अकालमा ज्यान गुमाउनु परेको छ । एक युवकको रुची पत्याउन मुस्किल हुन्छ । उनले विषालु सर्पलाई समातेर आफ्नो जिब्रोमा डसाउँथे । यही हर्कत नै उनको मृत्युको कारण बन्यो ।

घटना छिमेकी मुलुक भारतको हो । जहाँ एक युवकले रुची बिषालु सर्प समात्ने र जोखिम मोल्ने चाहना राख्थे । उनी बिषालु सर्प समातेपछि आफ्नै जिब्रोमा सर्पलाई डसाउथे । उनको यही हर्कत मृत्युको कारण बन्यो ।

भारतको सहारनपुर जिल्लाको फतेहपुरमा रहेको छुटमलपुर कस्बेका वसिम नामका युवाले बिषालु सर्प समातेर आफ्नो जिब्रोमा डसाए । यसअघि पटक पटक सर्पले डस्दा केहि नभएकोले आत्मबल भएपनि यस पटक भने सर्पले डसेपछि उनको शरीरमा बिष फैलियो र केहिबेरमा नै बेहोस भए ।

यस घटनालाई केहिले मोवाइलमा रेकर्ड गरीरहेका थिए । वसिम बेहोस हुनासाथ उनलाई स्थानिय अस्पताल पुर्याइयो । तर उनलाई अस्पताल पु¥याउनु अगावै उनले प्राण त्यागिसकेका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ८ : ११ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९