दीपेन्द्रले सुरु गरे रामेश्वर थापाको बायोपिक ‘क्याप्टेन साब’को छायाङ्कन « Khabarhub

दीपेन्द्रले सुरु गरे रामेश्वर थापाको बायोपिक ‘क्याप्टेन साब’को छायाङ्कन


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक दीपेन्द्र के खनालले बायोपिक ‘क्याप्टेन साब’को छायाङ्कन सुरु गरेका छन् । उनले काभ्रेको बेथानचोकबाट शनिबारदेखि छायाङ्कन सुरु गरेका हुन् ।

निर्देशक खनालका अनुसार यो फिल्मको छायाङ्कन काभ्रे, काठमाडौं, चितवन र वीरगञ्जमा हुनेछ ।

यो क्याप्टेनसमेत रहेका व्यवासायी रामेश्वर थापाको बायोपिक हो । रामेश्वरको भूमिका नायक खगेन्द्र लामिछानेले निर्वाह गर्ने तय भएको छ । फिल्मको नायिका सुरक्षा पन्त हुन् ।

छायाङ्कनमा निस्किएका खनालले एक फरक खालको कथामा फिल्म बनाउन लागेको बताए । ‘क्याप्टेन साब’ रामेश्वरको संस्मरण कृति ‘इन्टो द फायर’मा आधारित रही उनका जीवनका उत्तारचढाव समावेश गरी फिल्म मनोरञ्जनपूर्ण बनाउने उनको दाबी छ ।

यस फिल्मको लेखक निर्देशक दीपेन्द्र आफैँ हुन् । पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको सहकार्यमा बन्ने यो फिल्मको निर्माताहरु खनालसहित करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ७ : ४३ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले