एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टलमा उपचार गर्दा १५ प्रतिशत छुट पाउने « Khabarhub

एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टलमा उपचार गर्दा १५ प्रतिशत छुट पाउने


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रालिबीच बैंकका ग्राहकलाई दाँतको उपचार सेवामा छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । 

यस सम्झौतापछि यस बैंकका ग्राहकले विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखाहरूमा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । 

ग्राहकहरूले जनरल हस्पिटल सेवाहरू (ल्याब टेस्ट, बेड चार्ज, आईसीयू, पोस्ट अप बेड चार्जमा १५ प्रतिशत, फिजिओथेरापी तथा आई ग्लास र जनरल डेन्टल सेवाहरू (डेन्टल फिलिङ, डेन्टल स्केलिङ, आरसीटी र एक्स्ट्राक्सन ईटीसी) मा १० प्रतिशत छुटका साथै दाँतको उपचार सेवा (डेन्टल इम्प्लान्ट्स, भेनीर, ब्रेसेस अलाइनर, डर्माटोलोजिस्टमा ७ प्रतिशत छुट उपभोग गर्न सक्नेछन् । 

ग्राहकहरूले काठमाडौंस्थित जोरपाटीमा केडीसी एस्थेटिक सेन्टर÷कान्तिपुर डेन्टल सेन्टर र पोखरास्थित न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटलमा उक्त छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै कान्तिपुर डेन्टर सेन्टरका नाममा काठमाडौंस्थित सतुंगल, चितवनस्थित भतरपुर, बुटबलस्थित भल्वारी तिलोत्तमा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् । 

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १ : १९ बजे

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११