सामान्य रमाइलो गर्दा गयो जिरीका नुर्बु शेर्पाको ज्यान  « Khabarhub

सामान्य रमाइलो गर्दा गयो जिरीका नुर्बु शेर्पाको ज्यान 


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

दोलखा– भनिन्छ दशा बाजा बजाएर आउँदैन आखिर त्यस्तै भएको छ । अहिले जिरीका नुर्वु शेर्पाको परिवारमा । सामान्य रमाइलो गर्ने क्रममा दुर्घटना हुँदा उनको ज्यान गएको छ । 

आइतबार दिउँसो स्थानीय साथीभाइसँग गुराँस पार्कमा रहेको प्रतीक्षालयमा खेल्ने क्रममा लडेर गम्भीर घाइते भएका ३९ वर्षीय शेर्पाको उपचारका क्रममा मृत्यु भएको छ  ।

आइतबार दिउँसो जङ्गली जडीबुटी खोज्न र पार्क घुम्न जिरीको ठूलो नागी क्षेत्र गएका शेर्पा जिरी नगरपालिका–६ स्थित गुराँस पार्कको प्रतीक्षालयमा झुन्डिएर खेल्ने क्रममा एक्कासि लडेर गम्भीर घाइते भएका थिए । 

प्रतीक्षालयको ट्रस्टमा झुन्डिएर रमाइलो गर्ने क्रममा सिमेन्टको कंक्रिटमा बजारिँदा उनको टाउकोमा गहिरो चोट लागेको थियो ।

वैतेश्वर र जिरीमा काठ तथा मुडा बोकेर गुजारा चलाउँदै आएका शेर्पालाई स्थानीयले चन्दा संकलन गरेर तत्काल काठमाडौं हेलिकप्टरमार्फत उदार गरे पनि अस्पतालले सोमबार ११ बजे शेर्पालाई मृत घोषणा गरेको स्थानीय तेन्जिङ शेर्पाले बताए ।

स्थानीय शेर्पाका अनुसार गाउँ घरमा मुडा र काठ बोकेर गुजारा चलाउँदै आएका सामान्य परिवारको मान्छे भएको र पारिवारिक अवस्था अत्यन्तै कमजोर रहेकोले उपचारको लागि चन्दा संकलन गरेर पठाएको र हेलिकप्टर चार्ज र अस्पताल खर्च ठुलो लागेकोले सबैलाई सहयोग गर्न अनुरोध गरिएको छ । –सुवाश बस्नेत/ दोलखा

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  २ : ०८ बजे

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति