साउनको दोस्रो सोमबार पशुपतिनाथमा दर्शनार्थीको भीड « Khabarhub

साउनको दोस्रो सोमबार पशुपतिनाथमा दर्शनार्थीको भीड


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । 

साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरूले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।

हरियो, पहेँलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा देख्न सकिन्छ । 

बोलबम यात्रीहरूले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिँडेर ल्याई पशुपतिमा चढाउने गर्दछन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ३ : १८ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका