व्यापक साइबर आक्रमणपछि रुसको एरोफ्लोट एअरलाइनको सेवा अवरुद्ध « Khabarhub

व्यापक साइबर आक्रमणपछि रुसको एरोफ्लोट एअरलाइनको सेवा अवरुद्ध


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यापक साइबर आक्रमण भएपछि रुसको एरोफ्लोट एअरलाइनको सेवा अवरुद्ध भएको छ । सूचना प्रणालीमा समस्या आएपछि सोमबार दर्जनौँ उडान रद्द भएको एरोफ्लोटले जनाएको छ ।

कम्पनीले घटनाबारे विस्तृत जानकारी भने दिएको छैन । समस्या समाधानका लागि कति समय लाग्छ भन्ने पनि अझै स्पष्ट नभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

ह्याकिङ समूह साइलेन्ट क्रोले एरोफ्लोटमा साइबर आक्रमणको जिम्मा लिएको छ । यस समूहले रुसको निकट साझेदार बेलारुसको साइबरपार्टिजान्स बीवाई नामक समूहसँग मिलर ह्याकिङ अभियान सञ्चालन गरेको दाबी गरेको छ । यो साइबर आक्रमण युक्रेनमा जारी युद्धसँग सम्बन्धित रहेको रोयटर्सले उल्लेख गरेको छ ।

उक्त समूहले जारी गरेको विज्ञप्तिमा ‘जय युक्रेन ! बेलारुस जिन्दावाद !’ लेखिएको छ ।

यसअघि पनि साइलेन्ट क्रोले रुसी घरजग्गा क्षेत्रको डेटाबेसमा आक्रमण गरेको जिम्मा लिएको थियो ।

एरोफ्लोटले साइबर आक्रमणका कारण ४० भन्दा धेरै उडान अवरुद्ध भएको जानकारी दिएको छ । समस्याको समाधान गर्न विशेषज्ञ टोलीले काम गरिरहेको कम्पनीले जनाएको छ ।

अधिकांश उडान रुसी विमानस्थलमा अवरुद्ध भएको जनाइएको छ । यसबाहेक र बेलारुसको राजधानी मिन्स्क र अर्मेनियाको राजधानी येराभानमा पनि एरोफ्लोटको उडान अवरुद्ध भएएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ३ : २५ बजे

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी