रेखा र महेशलाई लिएर फिल्म बनाउँदै ‘कमेडी दरबार’ टिम, ‘क का कि की’बाट निर्देशनमा बिक्कीको डेब्यू | Khabarhub Khabarhub

रेखा र महेशलाई लिएर फिल्म बनाउँदै ‘कमेडी दरबार’ टिम, ‘क का कि की’बाट निर्देशनमा बिक्कीको डेब्यू


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाँस्य टेलिभिजन रियालिटी शो ‘कमेडी दरबार’को टिमले फिल्म ‘क का कि की’ निर्माणको घोषणा गरेको छ ।

निर्माण टिमले सोमबार फिल्मको थिम पोस्टर सार्वजनिक गरी निर्माणको घोषणा गरिएको हो । पोस्टरमा नायिका गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी र तृप्ति नदकर फिचर्ड छन् ।

यी चारैजना ग्रामिण परिवेशको पात्रको भूमिकामा छन् । यसले फिल्मको कथा ग्रामिण समुदायको कथामा बन्ने संकेत गर्छ ।

यस फिल्ममा मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना र सीडी विजय अधिकारीलगायत कलाकारको अभिनय रहने बताइएको छ ।

यही फिल्मबाट बिक्की अग्रवाल ठूलो पर्दाको निर्देशनमा हात हाल्ने भएका छन् । उनलाई निर्देशनमा श्रद्धा प्रसाईले साथ दिनेछिन् ।

बिक्कीका अनुसार यो कमेडी फिल्म हो । दशैँको भोलिपल्टदेखि छायाङ्कनमा निस्कने तयारीमा उनी रहेका छन् ।

फिल्म निर्माणमा हात हाल्नुको कारणबारे बिक्की भन्छन्, ‘फेरि एकपटक दर्शको मुहारमा हाँसो ल्याउन हो ।’

यो फिल्मको कथा बिक्की, विकास आर्याल र सरोज भण्डारीले मिलेर लेखेका हुन् । पटकथा भने बिक्की आफैँले लेखेको बताइएको छ ।

माया इन्टरटेन्मेन्ट स्टुडियोको ब्यानरमा बन्ने यस फिल्मको निर्माता श्रद्धा र सुमित्रा थापा हुन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ५ : ४९ बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो