माधव नेपाललाई विशेषले भन्यो- आफैं मुद्दा लड्नू, ‘खेताला’ राख्न मिल्दैन « Khabarhub

माधव नेपाललाई विशेषले भन्यो- आफैं मुद्दा लड्नू, ‘खेताला’ राख्न मिल्दैन


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध दायर गरिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले वारेस राख्न नपाइने आदेश दिएको छ।

विशेष अदालत काठमाडौं, इजलास नं. २ का सदस्य न्यायाधीश तेजनारायण सिंह र सुरेन्द्रराज शर्मा सम्मिलित इजलासले उक्त आदेश दिएको हो।

काभ्रेस्थित पतञ्जलिका लागि उद्योग सञ्चालन गर्न सरकारले दिएको जग्गा व्यक्तिका नाममा लैजान भएको अनियमितता प्रकरणमा वारेस राख्न पाऊँ भन्ने नेपालको निवेदनलाई विशेष अदालतले अस्वीकार गरेको हो ।

आफू राजनीतिक कार्यक्रमको सिलसिलामा जता पनि जानु पर्ने हुँदा वारेसमार्फत मुद्दा लड्न पाऊँ भन्ने नेपालको मागलाई अदालतले अस्वीकार गरिदिएको हो ।

अदालतले आफैं लड्नु पर्ने बताउँदै ‘खेताला’ राख्ने सुविधा दिन अस्वीकार गरेको हो । प्रधानमन्त्रीको हैसियतमा नेपालले गरेको निर्णयले सरकारी जग्गा व्यक्तिगत नाममा दर्ता हुन दिएर राज्यलाई ठूलो क्षति पुर्‍याएको दाबी मुद्दामा गरिएको थियो ।

तत्कालीन समयमा प्रधानमन्त्री रहेका नेपालले विभिन्न निकायलाई तोकिएको समयभित्र निर्णय लिन निर्देशन दिएको दाबी सरकारको छ ।

विशेष अदालतको आदेशमा तीन वर्षभन्दा बढी सजाय हुन सक्ने मुद्दा भएकाले संविधानको धारा १५ उपधारा (१) को खण्ड (क) बमोजिम वारेस राख्ने सुविधा दिन नसकिने जनाएको छ।

‘…उक्त दफा ३ को उपदफा (१) को खण्ड (झ) मा आठ वर्षदेखि दश वर्षसम्म कैद सजाय हुने व्यवस्था भएको पाईन्छ। सो व्यवस्था अनुसार यी प्रतिवादीलाई तीन वर्ष भन्दा बढी कैद सजाय हुन सक्ने कसुरको अभियोग लागेको देखियो। तसर्थ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९५ को उपदफा (१) को खण्ड (क) को व्यवस्था अनुसार यी प्रतिवादीलाई वारेस राख्ने अनुमति प्रदान गर्न मिलेन। कानुनबमोजिम गर्नू’, आदेशमा भनिएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ६ : ५८ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा