भरतपुर – नारायणगढ–मुग्लिन सडकखण्डमा तेल बाकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।
आज अपराह्न भरतपुर महानगरपालिका–२९ चौधकिलोमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १३६६ नं को तेल ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ३८२९ नं को मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा घाइते मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका–११ बस्ने ३३ वर्षीय सागर कुमालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
घाइते भरतपुर–१४ का ४७ वर्षीय कविराज विश्वकर्माको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रतिक्रिया