संस्कृतिमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन « Khabarhub

संस्कृतिमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले साउनको दोस्रो सोमबारका अवसरमा पशुपति क्षेत्रको अवलोकन गरेका छन् ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले भक्तजनले सहज रूपमा मूल मन्दिरभित्र प्रवेश पाए÷नपाएको, सुरक्षा व्यवस्थालगायत विषयमा कोषका पदाधिकारी एवं कर्मचारीसँग जानकारी लिएका थिए ।

कोषका सदस्य सचिव एवं कर्मचारीलाई उनले सहज रूपमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

साउन महिनाको दोस्रो सोमबार आज पनि बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएका थिए । यस्तै, चार वटा सवारीसाधनमार्फत चक्रपथबाट पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनलाई दिनभर निःशुल्क सेवा दिइएको कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।

बिहानदेखि दिनभर साउने झरी परिरहे पनि भक्तजनले छाता ओढेर भए पनि पशुपतिनाथको दर्शन एवं पूजा आराधना गरेका थिए । बेलुकी ७ः०० बजेसम्म करिब एक लाख ५० हजार भक्तजनले पशुपतिनाथको मूल मन्दिरभित्र दर्शन गरेको अनुमान रहेको सदस्य सचिव जोशीले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १० : १३ बजे

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि