एमालेको अपानि : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण प्रक्रिया मिलेन, सदर हुँदैन | Khabarhub Khabarhub

एमालेको अपानि : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण प्रक्रिया मिलेन, सदर हुँदैन


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको प्रक्रिया रोकेको स्पष्ट पारेको छ।

साउन ५ र ६ गते सम्पन्न केन्द्रीय कमिटी बैठकबाट आएको निर्णयलाई औपचारिकता दिँदै एमालेले सोमबार जारी गरेको अन्तरपार्टी निर्देशिकामा उक्त कुरा उल्लेख छ ।

उक्त निर्देशिकामा भण्डारीको हालको गतिविधि, उनको सार्वजनिक भूमिकाको मूल्यांकन र पार्टी अनुशासनसँगको सम्बन्धको विषयलाई प्राथमिकताका साथ व्याख्या गरिएको छ।

निर्देशिकामा हालका दिनमा पार्टी र नेतृत्वमाथि ‘सुनियोजित आक्रमण’ भइरहेको पनि उल्लेख गरिएको छ । यस्तो आक्रमणको मूल स्रोत चारवटा शक्ति केन्द्र रहेको उल्लेख गर्दै एमालेले तिनको लक्ष्य पार्टीको राष्ट्रवादी भूमिका कमजोर पार्ने प्रयास रहेको जिकिर गरेको छ।

सामाजिक सञ्जाल,  संचारमाध्यम र वैचारिक प्रहारमार्फत पार्टीलाई लक्षित गरिएको जिकिरसहित एमालेले त्यसको प्रतिवादका लागि सदस्यहरूलाई सचेत हुन निर्देशन दिएको छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो सार्वजनिक अभिव्यक्तिले संविधानको मर्म, राष्ट्रपति पदको मर्यादा र पार्टी अनुशासनमाथि गम्भीर प्रश्न उठाएको भन्दै एमालेले उनलाई सदस्यताबाट निलम्बन गर्ने निर्णय लिएको जनाएको छ।

भण्डारीले एमालेको पूर्वउपाध्यक्ष हुँदै राष्ट्रपति पदमा गएपछि पार्टीसँग औपचारिक सम्बन्ध टुटाए पनि पछिल्ला दिनमा विभिन्न राजनीतिक अभिव्यक्तिहरू दिएको अपानिमा उल्लेख छ । भण्डारीले पार्टीको नीतिविपरीत सार्वजनिक क्रियाकलाप गर्दै आएको एमालेको आरोप छ ।

निर्देशिकामा भनिएको छ, ‘सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रको गौरवका रूपमा सम्मानित हुनु पर्छ । तर सक्रिय राजनीतिमा आउने प्रश्नमा पार्टीको आचारसंहिताअनुसार निर्णय हुनुपर्छ । पार्टी अनुशासन र नेतृत्वविहीन गतिविधि स्वीकार्य छैन।’

पार्टीले १०औं महाधिवेशन प्रतिनिधित्वको व्यवस्था र विधान महाधिवेशनका प्रावधानहरू पनि निर्देशिकामा स्पष्ट पारेको छ। पार्टीका केन्द्रीय सदस्यहरू, पदाधिकारी र पूर्वपदधारीहरूका लागि विशिष्ट भूमिका र प्रतिबद्धताको अपेक्षा अपानिमा गरिएको छ।

तर, संविधानले तोकेको राष्ट्राध्यक्षको गैरराजनीतिक भूमिकालाई उल्लंघन गरेर सक्रिय राजनीति गर्न खोजेमा त्यसको असर गम्भीर हुने एमालेको निष्कर्ष छ।

एमालेले यस प्रकरणलाई पार्टी अनुशासनको प्रश्नका रूपमा व्याख्या गर्दै आगामी दिनमा यस्तो प्रवृत्तिलाई कडाइका साथ व्यवस्थापन गरिने उल्लेख गरेको छ। यस्तै, ‘मिशन ८४’ को सन्दर्भमा एकीकृत र संगठित ढंगले अघि बढ्न सबै तहमा सुदृढ नीति अपनाउने निर्देशनसमेत एमालेले दिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १० : २७ बजे

पूर्वसचिव पन्तलाई ५ लाख धरौटीमा छाडन विशेष अदालतको आदेश

काठमाडौं – विशेष अदालतले तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई ५

भूमिमन्त्रीले भने- गिरीबन्धु टी–‍इस्टेटको जग्गा चिया बगानबाहेक अरूमा प्रयोग गरे स्वतः सरकारको हुन्छ

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले

न्युयोर्कमा गोली चल्दा बन्दुकधारीसहित पाँच जनाको मृत्यु

न्युयोर्क– एक बन्दुकधारीले मध्य म्यानहट्टनको गगनचुम्बी भवनमा प्रवेश गरी गोली

श्रावण शुक्ल पञ्चमी : घरघरमा नाग टाँसियो

काठमाडौं– घरघरमा नाग टाँसेर आज नागपञ्चमी पर्व मनाइएको छ ।

बाँदरपछि चितुवाले उठाउँदैछ पहाडका गाउँ

काठमाडौँ – भनिन्छ; मानिसले प्रकृतिलाई कोतरेर आफ्नो थलो त बनाउन