गाजामा नरसंहार भएको इजरायली मानव अधिकार संगठनकै निष्कर्ष | Khabarhub Khabarhub

गाजामा नरसंहार भएको इजरायली मानव अधिकार संगठनकै निष्कर्ष


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

गाजा – इजरायलका दुई मानव अधिकारवाद सङ्गठनले गाजमा नरसंहार भएको भन्दै सरकारको आलोचना गरेका छन्।

बिटी सेलम नामको संस्थाले सोमबार जारी गरेको विज्ञप्तिमा इजरायली सरकारको आलोचना गरिएको हो। गाजाको भ्रमणपछि फर्केका संगठनले इजरायलले नरसंहार गरेकोमा आपत्ति जनाएका हुन्।

अर्को संस्था फिजिसियन फर ह्युमन राइट इजरायलले इजरायलले गाजामा गरेको गतिविधिलाई नरसंहारको संज्ञा दिएको हो।

यी संस्थाले गाजाको मानवीय र स्वास्थ्य अवस्थाको बारे जानकारी गराउँदै यो ठहर गरेको हो। इजरायली सरकार प्रवक्ता डेभिड मेन्सरले यो रिपोर्टमा आपत्ति जनाउँदै नरसंहार नभएको प्रतिक्रिया दिएका हुन्।

इजरायली विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मानव अधिकार संगठनको रिपोर्ट राजनीतिक पूर्वाग्रहका कारण बाहिर आएको दाबी गरिएको छ।

इजरायलले हमासलाई लक्षित गरेको तथा सर्वसाधारणलाई लक्ष्य नबनाएको दाबी पनि गरेको छ। इजरायलले ७ अक्टोबरमा हमासले आक्रमण गरेपछि आत्मरक्षाका लागि सो आक्रमण जारी राखेको बताएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ७ : २५ बजे

बागमतीका मुख्यमन्त्री लामा भन्छन्‌ : राजीनामा दिन्नँ

हेटौँडा – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं

अष्ट्रेलियाका सहरहरू प्राकृतिक विपत्तिको जोखिममा

एजेन्सी – अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र

सांसद्‌हरूको जोड – भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ

काठमाडौँ – प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा

अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको

आन्तरिक किचलोमा दलहरू

काठमाडौं– जहानियाँ राणा शासन छँदै गठन भएको नेपाली कांग्रेसदेखि पछिल्लो