बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक बस्दै, लामाविरुद्धको अविश्वास प्रस्तावमा छिनोफानो हुने | Khabarhub Khabarhub

बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक बस्दै, लामाविरुद्धको अविश्वास प्रस्तावमा छिनोफानो हुने


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज (मंगलबार) बस्दैछ । बैठक बिहान १० बजे हेटौँडामा बस्नेछ ।

बैठकमा संसदीय दलका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।

लामालाई दलको नेताबाट हटाउन गत शुक्रबार २१ जना प्रदेश सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

बागमती प्रदेशमा कांग्रेसका ३७ जना सांसद छन् । दलको नेता परिवर्तन गर्नका लागि १९ मत आवश्यक पर्दछ ।

दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री लामाले विधानअनुसार बहुमत सदस्यको समर्थन रहेको सिद्ध गर्नुपर्नेछ ।

कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँको अगुवाइमा लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

बानियाँले मुख्यमन्त्री लामाविरुद्ध प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि प्रदेश सरकारमा कांग्रेसबाट सहभागीमध्ये चार मन्त्रीले राजीनामा दिएका थिए । १४ वटा मन्त्रालय रहेको प्रदेशमा कांग्रेसले मुख्यमन्त्रीसहित ८ मन्त्री पाएको थियो ।

जनतामाझ कांग्रेसको छवि दिन–प्रतिदिन कमजोर बन्दै गएको र सरकारका काम–कारबाहीका कारण प्रदेशप्रति नै जनआक्रोश बढेकाले कांग्रेसको छवि सुधार्नु प्रमुख आवश्यकता देखिएको अविश्वास प्रस्तावमा भनिएको छ ।

उक्त कार्य वर्तमान संसदीय दलका नेताको नेतृत्वमा सम्भव नभएकोले संसदीय दलको नेतृत्व परिवर्तनको विकल्प नरहेको निश्कर्ष बानियाँ पक्षका प्रदेशसभा सदस्यहरूको छ ।

मुख्यमन्त्री लामाले राजीनामा नदिए मतविभाजनबाट संसदीय दलको नेताको छिनोफानो हुनेछ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ८ : २८ बजे

गाई तिहार र लक्ष्मी पूजा किन मनाइन्छ ?

काठमाडौं – नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।