गत आवमा मुगुमा ७४ मेट्रिक टन सिमी बिक्री « Khabarhub

गत आवमा मुगुमा ७४ मेट्रिक टन सिमी बिक्री


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मुगु– गत आर्थिक वर्ष २०८१ / ८२ मा जिल्लाबाट चार करोड रुपैयाँ बारबारको खाद्यवस्तु ( चिनो, कानो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल, जौँ ) अन्य जिल्लामा बिक्री भएको छ । 

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ मुगुका निमित्त कार्यालय प्रमुख तेज विक्रम मल्लका अनुसार  गतआवमा जिल्लाका किसानले उत्पादन गरेका ती खाद्यवस्तु सो रकम बराबर जिल्ला बाहिर बिक्री  भएको हो । 

सो कार्यक्रमले जिल्लालाई सिमीजोनका रूपमा विकसित गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइएको छ ।  साथै कार्यक्रमले सिमी ढुवानीमा किसानलाई ५० प्रतिशत अनुदान दिन थालेको छ ।  

जिल्लाबाट ७४ मेट्रिक टन सिमी बिक्री भएको र सिमी ढुवानीमा किसानलाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले चार लाख ९० हजार रुपैयाँ ढुवानी अनुदान दिएको थियो ।

त्यसैगरी दुई सय ३० मेट्रिक टन अन्य परम्परागत बाली निर्यात भएको र यसमा चिनो, कानो, कोदो, फापर अर्ग्यानिक परम्परागत अन्न रहेको पनि कार्यालयले जनाएको छ । यी बालीको स्थानीय गाउँघरको मूल्य दुई करोड सात लाख रुपैयाँ हुन आउँछ ।

निर्यात भएका परम्परागत अन्नमध्ये सिमीलाई मात्र ढुवानी अनुदान दिइएको थियो । चालु आवमा सिमी दुवानी अनुदानका लागि पाँच लाख  रुपैयाँ र अन्य बाली ढुवानी अनुदानका लागि तीन लाख रुपैयाँ विनियोजन भएको कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख मल्लले बताए । चालु आवमा ८० मेट्रिक टन सिमी जिल्लाबाट निर्यात गर्ने लक्ष्य लिइएको पनि कार्यालय प्रमुख मल्लले जानकारी गराए।

जिल्लाका किसानले परम्परागत अन्नबाली चिनो, कानो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल, जौँ पर्याप्त मात्रामा उत्पादन हुने गर्दछ । 

बजारसम्म पुर्‍याउने यातायातका साधन नपाउँदा, बजार  थाहा नपाउँदा गाउँघरमै सस्तो मूल्यमा बिक्री गर्दै  आएका छन् । सरकारले बजारीकरणको खोजी र दुवानी अनुदान बढाउन ध्यान दिने हो भने ग्रामीण आर्थिक विकासमा परम्परागत बालीले राम्रो स्थान लिने जनाइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १२ : ०९ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा