हेटौँडा यातायात कार्यालयबाट ५७ करोड राजस्व संकलन | Khabarhub Khabarhub

हेटौँडा यातायात कार्यालयबाट ५७ करोड राजस्व संकलन


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बागमती– यातायात व्यवस्था कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१-८२ मा ५७ करोड ४२ लाख ७६ हजार राजस्व संकलन गरेको छ । सो अवधिमा नयाँ सवारिसाधन दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट उक्त राजस्व संकलन भएको हो । 

यस अवधिमा साना र ठूला गरी ६ हजार ९५ नयाँ सवारिसाधन दर्ता भएका कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०८०-८१ को तुलनामा रु एक करोड ३५ लाख ५९ हजार बढी राजस्व तथा एक हजार ६९६ बढी नयाँ सवारिसाधन दर्ता भएका छन् ।  

कार्यालयले आव २०८०-८१ मा नयाँ सवारिसाधन दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र बितरण लगायतका शीर्षकबाट ५६ करोड सात लाख १७ हजार राजस्व संकलन गरेको थियो । उक्त आवमा कार्यालयले चार हजार ३९९ सवारिसाधन दर्ता गरेको प्रमुख श्रेष्ठले बताए। 

आव २०८१-८२ मा सवारिसाधन चालक अनुमतिपत्र वितरणबाट नौ करोड ६२ लाख ८१ हजार, सवारी करबाट ३४ करोड ७९ लाख ९८ हजार, यातायात क्षेत्रको आम्दानीबाट आठ करोड ९५ लाख ९४ हजार, सङ्घीयतातर्फ चार करोड तीन लाख ९४ हजार तथा बेरुजुबाट आठ हजार राजस्व संकलन भएको छ । 

यस्तै आव २०८१-८२ मा मोटरसाइकल तीन हजार २२५, टेम्पोरई–रिक्सा ८८९, जीपरकाररभ्यान ७६१, क्रेनरडोजर र एस्काभेटररट्रक ६८६, माइक्रो बस २८६, बस १४१, मिनी बस २० तथा ट्याक्टर १२ वटा दर्ता भएका प्रमुख श्रेष्ठले जानकारी दिए। यस अवधिमा सात हजार १२० सवारी चालक अनुमतिपत्र वितरण गरिएको छ । सो अवधिमा ६ हजार ३७१ नवीकरण, ९२ प्रतिलिपि, ९७ वटा नवीकरण र प्रतिलिपि दिइएको कार्यालयले जनाएको छ ।  

यसैबीच श्रम तथा रोजगार कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१-८२ मा ४८ बालश्रमिकको उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ । आव २०८१-८२ मा ३१७ उद्योग प्रतिष्ठानमा गरिएको अनुगमनका क्रममा फेला परेका उनीहरूको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । 

सो क्रममा बालबालिकालाई बालश्रमिकको रूपमा काममा लगाउने ३० उद्योग प्रतिष्ठान तथा रोजगारदातामाथि कारवाहीसमेत गरिएको कार्यालय प्रमुख रुद्रनारायण साहले जानकारी दिए। ती उद्योग प्रतिष्ठान तथा रोजगारदातामाथि कारवाही गरी चार लाख ४२ हजार जरिवाना तथा रु पाँच लाख १६ हजार क्षतिपूर्ति तिराइएको कार्यालय प्रमुख साहले बताए। 

आव २०८१-८२ मा २५१ उद्योग प्रतिष्ठानमा अनुगमन गर्दा अधिकांश ठूला उद्योग प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकलगायत श्रम कानुनको पालना गरिएको पाइए पनि साना उद्योग प्रतिष्ठानमा नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको अवस्था कमजोर रहेको पाइएको प्रमुख साहले बताए। आव २०८१-८२ मा श्रमसम्बन्धी व्यक्तिगत र सामूहिक ९१ उजुरी दर्ता भएकामा ५९ उजुरी फछर्यौट गरिएको उनले बताए। 

कार्यालय प्रमुख साहका अनुसार आठ प्रतिष्ठानको खाता रोक्का गरिएको र केही उद्योग प्रतिष्ठानलाई सुधार गर्न निर्देशन दिइएको तथा श्रमिक र व्यवस्थापकलाई समेटेर सचेतनामूलक कार्यक्रमसमेत गरिएको छ ।

आव २०८०-८१ मा ९५ उद्योग प्रतिष्ठानको अनुगमन गरेको सो कार्यालयले बालबालिकालाई बालश्रमिकको रूपमा काममा लगाउने ३५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारवाही गरेको थियो ।     

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १ : ४६ बजे

प्यूठान नगरपालिकामा विद्यालय सुधार अभियान

प्यूठान– विद्यालयको गुणस्तर सुधार गर्न प्यूठान नगरपालिकाले अभियान सुरु गरेको

बर्खामा पनि ढोरपाटनमा पर्यटक भरिभराउ

गलकोट– बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आय आर्जनमा

नील हिरा समाजको कार्यालयमै लफडा, प्रहरी खटाइयो (तस्बिरहरू)

काठमाडौं- काठमाडौंको धुम्बाराहीस्थित ब्लु डायमण्ड सोसाइटी (नील हिरा समाज) को

बाढीले स्याफ्रुबेँसी-रसुवागढी सडक फेरि बन्द

रसुवा– नेपाल चीनको सिमानामा अवस्थित ल्हेन्दे खोलामा गए राति पुनः

कालोपट्टी बाँधेर प्रदर्शनमा मिटरब्याजपीडित (तस्बिरहरू)

काठमाडौं– सिराहा जिल्ला लाहान नगरपालिका ३ स्थायी घर भएका सीता