चितवन निकुञ्जमा बाघ पाल्न बजेट अभाव | Khabarhub Khabarhub

चितवन निकुञ्जमा बाघ पाल्न बजेट अभाव


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएका बाघ पाल्न मुस्किल हुने गरेको छ । बजेट अभावमा बाघ पाल्न कठिन हुने गरेको हो ।
 
चितवन राष्ट्रिय निकुञ्जको खोरमा सात बाघ रहेका छन् । निकुञ्जको मुख्य कार्यालय कसरामा तीन, सौराहामा दुई र देवनगरमा दुई बाघ छन् । मानव बस्तीमा पसेर हिंस्रक गतिविधि गरे वा बिरामी भएमा बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिन्छ । दैनिक मासु खुवाउनु पर्छ ।
 
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार वार्षिक रुपमा ती बाघ पाल्न रु ३० लाख हाराहारी बजेट चाहिन्छ । एउटा बाघलाई दैनिक पाँच किलोदेखि सात किलो राँगाको मासु खुवाउनुपर्ने हुन्छ । सरकारले नियन्त्रणमा लिइएका बाघ पाल्न वार्षिक रु पाँच लाख हाराहारी मात्रै बजेट छुट्याउने गरिएको उहाँले बताउनुभयो । 
 
सूचना अधिकारी थापामगरले भने, ‘गत आर्थिक वर्षमा  बाघका लागि रु २२ लाख हाराहारी मासुको भुक्तानी गर्न बाँकी छ । एक महिनामा सात बाघलाई दैनिक पाँच किलोका दरले राँगाको मासु खुवाउँदा मासिक दुई लाखभन्दा बढी खर्च हुन्छ । बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि रकम भुक्तानी गर्न नसकिएको उनले जानकारी दिए ।
 
‘खोरमा थप बाघ राख्ने ठाउँ छैन’, सूचना अधिकारी थापामगरले भने। राख्ने ठाउँ नभएपछि गत वर्ष एउटा बाघ पर्सा पठाइएको थियो । बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाने हुँदा समस्या भएको उनले बताए ।
 
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघ १२८ रहेका छन् । आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा बाघको सङ्ख्या पनि बढ्दै गएको छ । यो निकुञ्ज बाघका लागि राम्रो बासस्थान हो । यहाँ आउने पर्यटकलाई सहजै देखाउन देवनगरको खोरमा बाघ राखिएका छन् । त्यहाँ सहज रुपमा बाघ हेर्न पाइन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ३ : २४ बजे

पर्यटन मन्त्रालयको काम नियमित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त हुँदै

काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता बन्ने भएकी छन् ।

सिजन मिडियाको अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड सम्पन्न

काठमाडौं– सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको

रुसको लेनिनग्रादमा रेल दुर्घटना, एक जनाको मृत्यु

मस्को– रुसको लेनिनग्रादमा आइतबार बिहान दुईवटा रेल आपसमा ठोक्किएर भएको

राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा आइतबार स्वीकृत