सकियो प्रवीण स्टारर फिल्म ‘शिवांश’को छायाङ्कन | Khabarhub Khabarhub

सकियो प्रवीण स्टारर फिल्म ‘शिवांश’को छायाङ्कन


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक प्रवीण खतिवडा शीर्ष भूमिकामा रहेको फिल्म ‘शिवांश’को छायाङ्कन पूरा भएको छ । जेठको पहिलो सातादेखि पोखरामा जारी यस फिल्मको छायाङ्कन मंगलबार पूरा भएको हो ।

निर्माता अञ्जान केसीका अनुसार ३६ दिन लगाएर फिल्ममा सामावेश गीतको समेत छायाङ्कन सकेर सुटिङ युनिट काठमाडौं फर्किएको छ ।

‘उकुस मुकुस’ बोलको गीतको छायाङ्कन सकेर इन्डक्ल्याप गरिएको हो । छायाङ्कन पूरा भएसँगै अब प्रोस्ट प्रोडक्सनको कामलाई तीव्रता दिने योजनामा डेब्यू निर्देशक सन्तो कुमार आयेत्र नेतृत्वको टोली रहेको छ ।

यस फिल्ममा प्रवीणसहित तेज गिरी र रुषा न्यौपाने शीर्ष भूमिकामा रहेका छन् । फिल्ममा विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरीलगायतको अभिनय रहेने बताइएको छ ।

यस फिल्मको कथा निर्माता केसी आफैँले लेखेका हुन् । पटकथा भने बारत लिम्बूले लेखेका हुन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ७ : ४२ बजे

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

दमौली – तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 

काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधाबापत