आमिर खानको ‘सितारे जमिन पर’ अब युट्युबमा  « Khabarhub

आमिर खानको ‘सितारे जमिन पर’ अब युट्युबमा 


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘सीतारे जमिन पर’ हलमा रिलिज भएको छ । बक्स अफिसमा राम्रो व्यापार गरेको यो फिल्म अब दर्शकहरूले आफ्नै घरमा डिजिटल माध्यम (युट्युब)बाट हेर्न पाउनेछन्। आमिर खानले आफ्नो युट्युब च्यानल ‘आमिर खान टकीज’ मार्फत यो चलचित्र (अगस्ट १) १६ गते शुक्रबार सार्वजनिक हुने जानकारी दिएका छन्।

भारतीय मिडियाका अनुसार हिजो मुम्बईमा आयोजित विशेष भेटघाट कार्यक्रममा आमिरले यस्तो घोषणा गरेका हुन्। उनले जानकारी दिएअनुसार आमिर खान प्रोडक्सनअन्तर्गत निर्मित सबै फिल्महरू अब सोही युट्युब च्यानलमा हेर्न सकिनेछ।

 यसमा  दंगल, लगान, जाने तू या जाने ना, सितारे जमिन पर लगायतका चर्चित फिल्महरूमा पनि समावेश छन्। फिल्महरू मात्र होइन, आमिर खानले होस्ट गरेको चर्चित टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’ का सबै एपिसोडहरू पनि यही च्यानलमा समावेश गरिनेछ।

आमिर खानले बताएअनुसार सितारे जमिन पार  फिल्म ४८ घण्टासम्म मात्र डिजिटल रूपमा उपलब्ध हुनेछ, र दर्शकले यसलाई हेर्न भार १०० (१६० नेपाली रुपैयाँ) तिर्नुपर्नेछ। यो सुविधा पे–पर–वाच मोडेल अन्तर्गत ल्याइएको हो, जसले दर्शकलाई विज्ञापनरहित र सफा फिल्म अनुभव दिन मद्दत गर्नेछ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  २ : २५ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका