माओवादी केन्द्रले तय गर्‍यो स्थायी कमिटी बैठकका एजेन्डा « Khabarhub

माओवादी केन्द्रले तय गर्‍यो स्थायी कमिटी बैठकका एजेन्डा


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले साउन १६ गते शुक्रबारबाट सुरु हुने स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 

उनले स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने बताए ।

त्यस्तै पोखरामा आएर रोकिएको पार्टीको अभियानलाई निरन्तरता दिने विषय, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका विषय लगायतमा छलफल गर्ने एजेण्डा तय भएको उनले जानकारी दिए ।

संगठन निर्माण, नेताहरूको कार्यविभाजन र अहिलेको वर्तमान अवस्थाका साथै समसामयिक प्रस्ताव पारित गरिने सापकोटाले जानकारी दिए  ।  

स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको मिति समेत तय गर्ने उनले बताए । 

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ५ : २० बजे

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा