दिलीप कुमार र राज कपूरको पुर्ख्यौली घर सङ्ग्रहालय बन्दै « Khabarhub

दिलीप कुमार र राज कपूरको पुर्ख्यौली घर सङ्ग्रहालय बन्दै


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको खरबै पख्तुनख्वा प्रान्तस्थित पेशावर शहरमा अवस्थित बलिउडका दुई हस्ती दिलीप कुमार र राज कपूरको पुर्ख्यौली घरलाई सङ्ग्रहालयमा रूपान्तरण गर्ने ऐतिहासिक योजना सुरु गरिएको छ ।

भारतीय मिडिया अनुसार खरबै पख्तुनख्वा सरकारले यस योजनाअन्तर्गत यी दुई भवनको संरक्षण र पुनः निर्माणको कार्य प्रारम्भ गरेको हो, जुन आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यी दुई भवन पेशावरको प्रख्यात किस्सा ख्वानी बजार क्षेत्रको मुटुमा अवस्थित छन् । उपनिवेशकालीन शैलीमा बनेका यी घर करिब सय वर्ष पुराना हुन् । वास्तुकलाको दृष्टिले यी घरले ऐतिहासिक महत्त्व बोकेका छन् । 

यी भवनहरूमा बलिउडका दिग्गज अभिनेता दिलीप कुमार ( वास्तविक नाम मोहम्मद युसुफ खान) र राज कपूरको बाल्यकाल बितेको थियो। यी घर सन् २०१४ मा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरीफद्वारा ‘राष्ट्रिय सम्पदा’ को रूपमा घोषणा गरिएका थिए।

भारतीय मिडिया अनुसार, खरबै पख्तुनख्वा पुरातत्त्व विभागका महानिर्देशक डा.अब्दुस समदका अनुसार, पुनः निर्माण कार्य २०२५ को जुलाई २८ देखि औपचारिक रूपमा सुरु गरिएको छ । योजनाअनुसार, दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गरी दुवै घरलाई स्मृति सङ्ग्रहालयमा परिणत गरिनेछ । 

यस अभियानमा विश्व बैंकको आंशिक आर्थिक सहयोग समेत रहेको छ। पुनः निर्माण कार्यको कुल लागत ७ करोड पाकिस्तानी रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

सङ्ग्रहालयको संरचनात्मक काम पुरातत्त्व तथा सङ्ग्रहालय निर्देशनालयले गर्नेछ, जसले भवनहरूको मौलिक स्वरूप बिग्रन नदिई संरक्षणको कामलाई प्राथमिकता दिनेछ । 

सङ्ग्रहालयमा दिलीप कुमार र राज कपूरको बाल्यकाल, पारिवारिक पृष्ठभूमि, चलचित्र क्षेत्रमा प्रवेश, अभिनय यात्रा, पुरस्कार तथा सिनेमामा पुर्‍याएको योगदानबारे दस्ताबेज, तस्बिर, भिडियो, र वस्तुहरू प्रदर्शनीमा राखिनेछ।

परियोजनासँग सम्बद्ध खरबै पख्तुनख्वा सरकारका पर्यटन सल्लाहकार जाहिद खान शिनवारीले भने, ‘यस परियोजनाले सांस्कृतिक सम्पदाको संरक्षण गर्नुका साथै पेशावरलाई अन्तर्राष्ट्रिय विरासत पर्यटनको केन्द्रको रूपमा विकास गर्न मद्दत पुग्नेछ। यसले स्थानीय रोजगारी सिर्जना गर्नेछ, पर्यटन बढाउनेछ र सामाजिक(आर्थिक लाभ ल्याउनेछ।’

यस पुनः निर्माण अभियानले भारत र पाकिस्तानबीचको साझा सांस्कृतिक सम्बन्धलाई उजागर गर्नेछ। बलिउडमा अमिट छाप छाडेका यी दुई कलाकारको सम्झनामा बनेको संग्रहालयले भावी पुस्तालाई चलचित्र, इतिहास र संस्कृति बुझ्न प्रेरणा दिनेछ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  १२ : ०६ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग