माओवादीमा चुलिँदै दुई लाइन संघर्ष, प्रचण्डप्रति सार्वजनिक रुपमै पोखिन थाल्यो असन्तुष्टि | Khabarhub Khabarhub

माओवादीमा चुलिँदै दुई लाइन संघर्ष, प्रचण्डप्रति सार्वजनिक रुपमै पोखिन थाल्यो असन्तुष्टि


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध उठाएको दुई लाइन संघर्ष चर्किँदै गएको छ।

हालसम्म पार्टीभित्रकै बैठक र बन्द कोठामा सीमित वैचारिक मतभेद अब सामाजिक सञ्जालमार्फत् खुला रुपमा प्रकट हुन थालेको छ।

केही दिनअघि उपमहासचिव शर्माले विशेष महाधिवेशनको माग गर्दै चार बुँदे दस्तावेज सार्वजनिक गरेपछि संघर्ष झन् बढेको हो।

शर्मापछिपछि प्रचण्डको नेतृत्वको खुलेर आलोचना गर्ने क्रममा नेता एवम् पूर्वपर्यटनमन्त्री सुदन किरातीले पनि नेतृत्वको गम्भीर समीक्षा आवश्यक भएको बताएका थिए।

उनलाई पछ्याउँदै बिहीबार माओवादी केन्द्रका नेता एवम् पूर्व आपूर्ति मन्त्री शिवकुमार मण्डलले सामाजिक सञ्जालमार्फत् लामो धारणा सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डप्रति तीखा प्रश्न उठाएका छन्।

मण्डलले प्रचण्ड नेतृत्वको सरकारको सुशासनप्रतिको प्रतिबद्धता हराउँदै गएको र पार्टीमा माफियाकरण हावी भएको आरोप लगाएका छन्। उनले नेतृत्वमाथि प्रश्न उठाउँदा विचारको केन्द्र भत्काउने योजनासहित आक्रमण भइरहेको बताएका छन् । ‘हामीले यो भ्रमको खेती चिर्दै, मंसिरको विशेष महाधिवेशनलाई वैचारिक पुनर्जागरणको थलो बनाउनु छ,’ उनले भनेका छन् ।

‘हामी यस्तो मोडमा उभिएका छौं, जहाँ सत्य बोल्नेलाई विभाजनकारी भनिन्छ, जसले पार्टीप्रति जनताको भरोसा हराउँदैछ’, उनले भनेका छन्, ‘पार्टी फुट्ने हल्ला तल्लो स्तरबाट होइन, पार्टी नेतृत्वबाटै र सत्तानजिकैबाटै फैलिएको देखिन्छ।’

उनले पार्टीभित्र सुशासन, जवाफदेहिता र विधिप्रति प्रतिबद्धता कायम नरहे अहिलेसम्मका उपलब्धिहरू मेटिने चेतावनी दिएका छन्। मण्डलले पार्टीको विशेष महाधिवेशनलाई वैचारिक पुनर्जागरणको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा पनि जोड दिएका छन्।

उनले गृहमन्त्री रशेम लेखकलाई जोगाउने नाममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको दुई बुँदे सम्झौताबाट माओवादी केन्द्रले विधि र आदर्श गुमाएको आरोपसमेत लगाएका छन्।

भिजिट भिसा प्रकरणमा सरकारसँगको दुई बुँदे सहमतिले माओवादीलाई अन्तर्राष्ट्रिय जगतमा नैतिक रूपमा कमजोर बनाएको बताएका छन् । उनले यसमा आत्मसमीक्षाको क्षणका रूपमा रहेको विशेष महाधिवेशनलाई कुनै हालतमा गुमाउन नहुने पनि बताएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  १० : ०४ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका