उमेर अनुसार कति समय सुत्नु स्वास्थ्यका लागि फाइदा ? | Khabarhub Khabarhub

उमेर अनुसार कति समय सुत्नु स्वास्थ्यका लागि फाइदा ?


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शरीरलाई स्वस्थ्य राख्नको लागि स्वास्थ्य खानपानसँगै निन्द्रा पनि महत्वपूर्ण हुन्छ । अनिदोका कारण मानिस स्वास्थ्य रहन सक्दैनन् ।  शरीरलाई क्रियाशील र स्वास्थ्य राख्नको लागि खानपानसँगै पर्याप्त आरामको पनि जरुरी पर्छ । यदि शरीरले पर्याप्त मात्रामा आराम पाएनभने हामीले दैनिक गर्ने कामहरुमा प्रत्यक्ष रुपमा असर पर्न सक्छ ।

कुनै रात राम्रोसँग निन्द्रा परेन भने भोलिपल्टको तपाईको दिन पनि निश्क्रिय हुनसक्छ । रातभरको अनिदोपछि तपाई काममा जानुभयो भने राम्रोसँग काममा ध्यान दिन सक्नुहुन्न । त्यसैले आफ्नो नियमित कार्यलाई सफल बनाउन आवश्यकता अनुसार निन्दा पुग्नेगरी सुत्नुपर्छ । तर त्यो पर्याप्त समय भनेको कति हो ? कति घण्टा सुत्दा शरीर स्वास्थ्य रहन्छ ? भन्ने धेरैको जिज्ञासा हुनसक्छ ।

अमेरीकाको नेशनल स्लीप फाउन्डेसनले गरेको एक अध्ययनका अनुसार निन्द्रा पूरा हुने समय मानिसको उमेरमा भरपर्छ । जस्तो एक वयस्क व्यक्ति स्वस्थ्य रहनको लागि २४ घण्टामा ९ घण्टा आरामसँग निदाउनु आवश्यक हुन्छ ।

२४ घण्टामा कुन उमेरका व्यक्तिले कति समय सुत्ने ?

३ महिनासम्मको नवजात शिशुले १४ देखि १७ घण्टा सुत्नुपर्छ ।

४ देखि ११ महिनाको बालबालिकाले १२ देखि १५ घण्टा सुन्तुपर्छ ।

१ देखि २ वर्षको बालबालिकाले ११ देखि १४ घण्टा सुत्नुपर्छ ।

३ देखी ५ वर्षको बालबालिकाले १० देखि १३ घण्टा सुत्नुपर्छ ।

६ देखि १३ वर्षको बालबालिकाले ९ देखि ११ घण्टा सुत्नुपर्छ ।

१४ देखि १७ वर्षको किशोर – किशोरीले ८ देखि १० घण्टा सुत्नुपर्छ ।

१८ देखि २५ वर्षका युवा युवतीले ७ देखि ९ घन्टा सुत्नु आवश्यक छ ।

२६ वर्षदेखि ६४ वर्षका वयस्यकले ७ देखि ९ घन्टा सुत्नुपर्छ ।

६५ वर्षका वृद्धवृदालाई दैनिक ७ देखि ८ घन्टा सुत्दा पर्याप्त हुन्छ ।

र गर्भवती महिला राती ८ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुत्नु पर्छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ७ : ३५ बजे

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं–  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौंडा घर भएकी ५५

झुम्का कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

धरान– सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ

गृह र अध्यागमनको टोलीले गर्‍यो कोरला नाका अवलोकन

मुस्ताङ– गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमामा रहेको

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर– सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं– आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५