फिल्म ‘परालको आगो’ : जितुको स्थानमा सौगातको प्रवेश « Khabarhub

फिल्म ‘परालको आगो’ : जितुको स्थानमा सौगातको प्रवेश


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘परालको आगो’मा जितु नेपालको बहिर्गमनसँगै नायक सौगात मल्लको प्रवेश भएको छ । जितुका लागि तय गरिएको भूमिकाका लागि सौगातको प्रवेश भएको बुझिएको छ ।

निर्माण पक्षले सौगात अनुबन्ध भएको शुक्रबार सार्वजनिक गरेको हो । समय नमिल्ने कारण देखाएर जितुले यस फिल्मको छायाङ्कनमा सहभागी हुन नसक्ने बताएपछि निर्माण पक्षले उनको विकल्प खोजेको हो ।

निर्माण पक्षका अनुसार सौगातले यस फिल्ममा ‘जुठे दमाई’को पात्र निर्वाह गर्ने छन् । फिल्ममा यसअघि नै प्रकाश सपुत र नायिका सुहाना थापा शीर्ष भूमिकाका लागि अनुबन्ध भइसकेका छन् ।

निर्माण पक्षका अनुसार सौगातको प्रवेशसँगै यस फिल्मका लागि शीर्ष कलाकार चयनको काम सकिएको छ ।

यो फिल्म कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित रहेर बन्नेछ ।

भदौ २६ गतेदेखि म्याग्दीबाट छायाङ्कन सुरु गर्ने योजनामा निर्देशक लक्ष्मण सुनार रहेका छन् । हरि ओम सिने मेकर्स प्रालीको ब्यानरमा बन्ने यस फिल्मको निर्माता सुशील पोखरेल हुन् ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १ : ५६ बजे

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

बागमती– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा

अक्षय खन्नाले ‘दृश्यम ३’ छोडेपछि निर्माता मंगलतले जारी गरे कानुनी नोटिस

काठमाडौं– बलिउड फिल्म धुरन्धरको अपार सफलतापछि अभिनेता अक्षय खन्नाले अचानक

साढे ८ महिनामा आगलागीका घटनामा ५२ जनाको मृत्यु

काठमाडौं– चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि पुस १३ गतेसम्म

गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर

तम्घास– धुर्कोट गाउँपालिका–४ जैसीथोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४०० जना

मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

ढोरपाटन– एकदशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको सहज पहुँच थिएन