फिल्म ‘परालको आगो’ : जितुको स्थानमा सौगातको प्रवेश « Khabarhub

फिल्म ‘परालको आगो’ : जितुको स्थानमा सौगातको प्रवेश


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘परालको आगो’मा जितु नेपालको बहिर्गमनसँगै नायक सौगात मल्लको प्रवेश भएको छ । जितुका लागि तय गरिएको भूमिकाका लागि सौगातको प्रवेश भएको बुझिएको छ ।

निर्माण पक्षले सौगात अनुबन्ध भएको शुक्रबार सार्वजनिक गरेको हो । समय नमिल्ने कारण देखाएर जितुले यस फिल्मको छायाङ्कनमा सहभागी हुन नसक्ने बताएपछि निर्माण पक्षले उनको विकल्प खोजेको हो ।

निर्माण पक्षका अनुसार सौगातले यस फिल्ममा ‘जुठे दमाई’को पात्र निर्वाह गर्ने छन् । फिल्ममा यसअघि नै प्रकाश सपुत र नायिका सुहाना थापा शीर्ष भूमिकाका लागि अनुबन्ध भइसकेका छन् ।

निर्माण पक्षका अनुसार सौगातको प्रवेशसँगै यस फिल्मका लागि शीर्ष कलाकार चयनको काम सकिएको छ ।

यो फिल्म कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित रहेर बन्नेछ ।

भदौ २६ गतेदेखि म्याग्दीबाट छायाङ्कन सुरु गर्ने योजनामा निर्देशक लक्ष्मण सुनार रहेका छन् । हरि ओम सिने मेकर्स प्रालीको ब्यानरमा बन्ने यस फिल्मको निर्माता सुशील पोखरेल हुन् ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १ : ५६ बजे

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय

नेप्से परिसूचक १६.४७ अंकले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६.४७ अङ्कले