माघ १ मा दयाहाङ स्टारर ‘मिरमिरे’ र बल्छीको डेब्यू निर्देशन ‘गोबर गणेश’को बक्स अफिस क्ल्यास « Khabarhub

माघ १ मा दयाहाङ स्टारर ‘मिरमिरे’ र बल्छीको डेब्यू निर्देशन ‘गोबर गणेश’को बक्स अफिस क्ल्यास


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक दयाहाङ राई स्टारर फिल्म ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । छायाङ्कनरत यस फिल्मको प्रदर्शन मिति निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको हो ।

माघ १ गते प्रदर्शन मिति तय भएसँगै यस फिल्मको बक्स अफिस प्रतिस्पर्धा ‘गोबर गणेश’सँग हुने देखिएको छ । हाँस्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छीको धुर्बे’को डेब्यू निर्देशनमा बन्ने ‘गोबर गणेश’को प्रदर्शन मिति यसअघि नै माघ १ लाई तोकिएको थियो ।

अर्थात्, बल्छीले डेब्यू निर्देशनमै बक्स अफिस प्रतिस्पर्धाको अनुभव लिने भएका छन् ।

यम शेर्पाको दोस्रो लेखन तथा निर्देशनमा ‘मिरमिरे’को छायाङ्कन काभ्रेमा जारी छ । यस फिल्ममा दयाहाङसहित प्रकाश सपुत र नायिका सिर्जना निङ्लेखु शीर्ष भूमिकामा छन् ।

‘गोबर गणेश’ भने अहिले कलाकार र प्राविधिक चयनकै चरणमा छ । भदौ पहिलो साताबाट छायाङ्कनमा निस्कने तयारीमा बल्छी रहेका छन् ।

यस फिल्मको नायिकामा वर्षा सिवाकोटी फाइनल भएकी छन् । नायक भने चयन हुन बाँकी छ । पदम तामाङ, पुजन घिमिरे, माओत्से गुरुङ र सीतादेवि तिम्लसेना मुख्य भूमिकाका लागि फिल्ममा अनुबन्ध भइसकेको बल्छीले बताएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १ : १७ बजे

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय

नेप्से परिसूचक १६.४७ अंकले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६.४७ अङ्कले