भ्रष्टाचार मुद्दाबारे माधव नेपाल- मैले जिन्दगीमा एक पैसा तलमाथि गरेको छैन « Khabarhub

भ्रष्टाचार मुद्दाबारे माधव नेपाल- मैले जिन्दगीमा एक पैसा तलमाथि गरेको छैन


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध मात्रै भएको बताएका छन् ।

शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूमाथिको भ्रष्टाचार मुद्दालाई प्रतिशोधको संज्ञा दिएका हुन् ।

‘मेरो कुनै भ्रष्टाचारको केस नै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो, जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन,’ उनले भने, ‘यो राजनीतिक पूर्वाग्रह हो, प्रतिशोध भन्ने कुरा सबैले बुझेका छन्, मैले जिन्दगीमा एक पैसा पनि तलमाथि गरेको छैन।’

अध्यक्ष नेपालले नेकपा (माओवादी केन्द्र) सँग तत्काल एकताका लागि कुनै छलफल नभएको पनि बताएका छन् । माओवादीसँग सहकार्यको मात्रै कुरा भइरहेको पनि उनले उल्लेख गरेका छन् ।

‘माओ‌वादीसँग अहिले एकीकरणको कुरै भएको छैन,’ उनले भने,‘अहिले सहकार्यको मात्रै कुरा भएको छ । समाजवादी मोर्चालाई निरन्तरता दिन दुई पार्टीबीचको सम्बन्धलाई विश्वासको जगमा बलियो बनाउने छलफल भइरहेको छ ।’

नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश पीडामा परिरहेको पनि उल्लेख गरेका छन् ।

‘यो सरकार सबै कुरामा असफल भइसकेको छ । एउटा व्यक्ति ओलीको दम्भ, अहंकार, गलत नीति, गलत कामले देश पीडित छ,’ उनले भने,‘जबसम्म ओलीलाई बिदा गरिँदैन, तबसम्म मुक्त हुने स्थिति बन्दैन ।’

अध्यक्ष नेपालले ओली र शेरबहादुर देउवा मिलेसम्म यो सरकार परिवर्तन सम्भव नभएको पनि उल्लेख गरेका छन्।

ओलीका कारण एमालेमा पनि तमासा भइरहेको नेपालले बताए । ‘एमालेको तमासा हेर्दै जानुस्, कम्युनिस्ट आन्दोलनलाई सिध्याएरै छोड्छन् ओलीले,’ उनले भने,‘देशकै लागि ओलीले ठूलो हानी गराउन सक्छन्।’

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १ : ४१ बजे

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिएका छन् । सबै राजनीतिक

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर- सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा एक हजार ४६०

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

काठमाडौं- सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो निष्कर्षमा

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

हुम्ला- हिमाली जिल्ला हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि भएको

विद्युत प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’