अबुधाबी र दुबईको आकाशमा बाक्लो कुहिरो, अत्यधिक गर्मी « Khabarhub

अबुधाबी र दुबईको आकाशमा बाक्लो कुहिरो, अत्यधिक गर्मी


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार बिहान युएईका विभिन्न क्षेत्रमा बाक्लो कुहिरो लागेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार अस्थिर मौसमका कारण अबुधाबीलाई असर गरेको छ ।

शुक्रबार बिहान बाक्लो कुहिरो लागेकाले युएईमा बिहान २ः३० बजेदेखि ८ः३० बजेसम्म भिजिबिलिटी कम रहेको बताइएको छ । राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनसीएम) ले युएईका केही भागमा हुस्सु लाग्ने चेतावनी जारी गरेको छ ।

युएईका पश्चिम तटीय क्षेत्रमा बिहानको समयमा कुहिरोले भिजिबिलिटी उल्लेखनीय रूपमा बिगार्न सक्ने एनसीएमले उल्लेख गर्दै मोटर चालकलाई अत्यधिक सावधानी अपनाउन आग्रह गरेको थियो ।

अबुधाबी प्रहरीले आफ्नो आधिकारिक एक्स (ट्विटर) अकाउन्टमार्फत् चालकहरूलाई इलेक्ट्रोनिक बोर्डहरूमा देखाइएको गति सीमा पालना गर्न र कुहिरो लाग्ने समयमा सुरक्षित रूपमा गाडी चलाउन आह्वान गरेको छ ।

यसैबीच, अत्यधिक गर्मीको अवस्थाले युएईलाई अझै सताएको छ । एक्युवेदरका अनुसार, अबुधाबीमा उच्च तापक्रम ४६ डिग्री सेल्सियससम्म पुगेको छ । स्थानीयलाई दिउँसोको समयमा घरभित्रै बस्न सल्लाह दिइएको छ । शुक्रबार राति तापक्रम थोरै मात्र घट्ने अपेक्षा गरिएको छ । न्यूनतम ३५ डिग्री सेल्सियस र आंशिक रूपमा आकाशमा बादल लाग्ने सम्भावना रहेको बताइएको छ ।

दुबईले पनि तीव्र गर्मीको सामना गरिरहेको छ । शुक्रबार दिउँसो उच्चतम तापक्रम ४६ डिग्री सेल्सियस र हावा चल्ने अनुमान गरिएको छ । आकाशमा घाम लाग्ने छ । रातको तापक्रम ३४ डिग्री सेल्सियस वरिपरि रहनेछ । गर्मी असहज हुने बताइएको छ ।

दश दिनसम्मको मौसम पूर्वानुमानले युएईभरि निरन्तर चर्को गर्मी हुने भविष्यवाणी गरेको छ । दिउँसो उच्चतम तापक्रम ४२ डिग्रीदेखि ४४ डिग्री बीचमा रहनेछ । रातको न्यूनतम तापक्रम लगातार ३३ डिग्रीमाथि रहनेछ ।

एनसीएमको विस्तृत मौसम पूर्वानुमानले सामान्यतया सफादेखि आंशिक बादल लाग्ने, पूर्व र दक्षिणतिर बाक्लो बादल लाग्ने सम्भावना छ । यसले सम्भवतः वर्षा हुने सम्भावनाको संकेत गर्ने एनसीएमले जनाएको छ । हावा दक्षिणपूर्वदेखि उत्तरपूर्वतिर १०–२५ किलोमिटर प्रति घण्टाको गतिमा रहने छ भने आंशिक रुपमा ४० किलोमिटर प्रति घण्टा पुग्नेछ । र यसले धुलो उडाउन सक्ने छ । अरबी खाडीमा समुद्री अवस्था हल्का र ओमान सागरमा हल्कादेखि मध्यम हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  २ : ३० बजे

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ धरापमा, १० ओभरमा ६ विकेटको क्षति ५१ रन

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी

सम्पादकसँग ईश्वर पोखरेलको अन्तर्क्रिया (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली बाहेक

आप्रवासन नियममाकडाइ गरेपछि अमेरिकाद्वारा ८५ हजार भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाइ

ओली संरक्षक बन्नुपर्छ, अध्यक्षमा अर्को नाम आए सहमति हुन्छ : ईश्वर पोखरेल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली बाहेक

ओलीबाहेक अरुको नेतृत्वमा सहमति हुन सक्छ : ईश्वर पोखरेल

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी