‘सोल्टिनी’ले ‘जारी २’सँग गर्ला त बक्स अफिस प्रतिस्पर्धा ? « Khabarhub

‘सोल्टिनी’ले ‘जारी २’सँग गर्ला त बक्स अफिस प्रतिस्पर्धा ?


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतीक्षित फिल्म ‘जारी २’ असोज ३ मा प्रदर्शनमा आउने भएको छ । यो मितिमा ‘जारी २’ आउँदा फिल्म ‘सोल्टिनी’लाई बक्स अफिसमा अफ्ठयारो पर्ने देखिन्छ ।

गायकसमेत रहेका प्रकाश सपुत र नायिका परीक्षा लिम्बू स्टारर ‘सोल्टिनी’को प्रदर्शन मिति असोज ३ लाई नै तोकिएको थियो ।

नायक दयाहाङ राई र नायिका मिरुना मगर स्टारर ‘जारी २’ले शुक्रबार उक्त मितिमै प्रदर्शनमा आउने घोषणा गरेको छ । अर्थात्, यी दुई फिल्मको बक्स अफिस भिडन्त हुने देखिएको छ ।

‘जारी २’ हिट फिल्म ‘जारी’को सिक्वेल भएकाले दर्शक प्रतीक्षामा छन् । उपेन्द्र सुब्बाको निर्देशन भएकाले पनि यो फिल्मले राम्रो व्यापार गर्ने आकलन छ ।

यो अवस्थामा ‘जारी २’को छायाँमा ‘सोल्टिनी’ पर्न सक्छ । अर्थात्, हिट फिल्मको सिक्वेलसँग प्रतिस्पर्धा गर्न ‘सोल्टिनी’लाई सहज देखिँदैन ।

यो अवस्था ‘सोल्टिनी’ पूर्वनिर्धारित मितिमा नै प्रदर्शनमा आउने सम्भावना कम देखिन्छ ।

खैर, ‘जारी २’ सँग ‘सोल्टिनी’ले प्रतिस्पर्धा गर्छ कि गर्दैन त्यो थाहा पाउन अब धेरै समय बाँकी छैन ।

स्रोतका अनुसार ‘सोल्टिनी’का निर्देशक अर्जुन सुबेदी ‘जारी २’ असोज ३ मै आएको अवस्थामा प्रदर्शन मिति हेरफेर गर्ने मनस्थितिमा रहेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : २२ बजे

कञ्चनपुरका पाँच हजार बढी किशोरीलाई आजदेखि ‘एचपीभी’ खोप लगाइँदै

कञ्चनपुर– पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरमा आजदेखि ‘एचपीभी’ खोप

करेन्ट लागेर मजदुरको निधन

झापा– झापाको बिर्तामोड नगरपालिका– २ चारपानेस्थित एक उद्योगमा गए राति

विश्वकपमा नेपालको दोस्रो भिडन्त बिहीबार इटालीसँग

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले

कांग्रेसले भ्रष्टाचार अन्त्य र सुशासनका लागि काम गर्छ : सभापति थापा

सुनसरी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब

निर्वाचन लक्षित ‘सुरक्षा बेस’ स्थापना

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनलाई ख्याल गर्दै सशस्त्र प्रहरी बल नेपालले