‘सोल्टिनी’ले ‘जारी २’सँग गर्ला त बक्स अफिस प्रतिस्पर्धा ? « Khabarhub

‘सोल्टिनी’ले ‘जारी २’सँग गर्ला त बक्स अफिस प्रतिस्पर्धा ?


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतीक्षित फिल्म ‘जारी २’ असोज ३ मा प्रदर्शनमा आउने भएको छ । यो मितिमा ‘जारी २’ आउँदा फिल्म ‘सोल्टिनी’लाई बक्स अफिसमा अफ्ठयारो पर्ने देखिन्छ ।

गायकसमेत रहेका प्रकाश सपुत र नायिका परीक्षा लिम्बू स्टारर ‘सोल्टिनी’को प्रदर्शन मिति असोज ३ लाई नै तोकिएको थियो ।

नायक दयाहाङ राई र नायिका मिरुना मगर स्टारर ‘जारी २’ले शुक्रबार उक्त मितिमै प्रदर्शनमा आउने घोषणा गरेको छ । अर्थात्, यी दुई फिल्मको बक्स अफिस भिडन्त हुने देखिएको छ ।

‘जारी २’ हिट फिल्म ‘जारी’को सिक्वेल भएकाले दर्शक प्रतीक्षामा छन् । उपेन्द्र सुब्बाको निर्देशन भएकाले पनि यो फिल्मले राम्रो व्यापार गर्ने आकलन छ ।

यो अवस्थामा ‘जारी २’को छायाँमा ‘सोल्टिनी’ पर्न सक्छ । अर्थात्, हिट फिल्मको सिक्वेलसँग प्रतिस्पर्धा गर्न ‘सोल्टिनी’लाई सहज देखिँदैन ।

यो अवस्था ‘सोल्टिनी’ पूर्वनिर्धारित मितिमा नै प्रदर्शनमा आउने सम्भावना कम देखिन्छ ।

खैर, ‘जारी २’ सँग ‘सोल्टिनी’ले प्रतिस्पर्धा गर्छ कि गर्दैन त्यो थाहा पाउन अब धेरै समय बाँकी छैन ।

स्रोतका अनुसार ‘सोल्टिनी’का निर्देशक अर्जुन सुबेदी ‘जारी २’ असोज ३ मै आएको अवस्थामा प्रदर्शन मिति हेरफेर गर्ने मनस्थितिमा रहेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : २२ बजे

ललितपुर महानगरको नयाँ प्रशासनिक भवनको उद्‌घाटन

काठमाडौं– ललितपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलले आज

क्यानडाको श्रम बजारमा सुधार

एजेन्सी – क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

ओखलढुङ्गा– ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी

बजार अनुगमनमा विभाग थप सक्रिय

काठमाडौं– बजार अनुगमन तथा निरीक्षणलाई पछिल्ला दिनमा प्रभावकारी बनाइरहेको वाणिज्य,

हेटौंडामा सडक छेउका घर-संरचनाहरू भत्काउन सुरु (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका