दशैँमा ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को बक्स अफिस प्रतिस्पर्धा पक्का « Khabarhub

दशैँमा ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को बक्स अफिस प्रतिस्पर्धा पक्का


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अगामी असोज १३ अर्थात् फूलपातीलाई पाँच फिल्मले प्रदर्शन मिति तोके पनि तीन मात्रै हलमा लाग्ने भएका छन् ।

फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ यस दशैँमा प्रदर्शनमा आउने भएका हुन् ।

दुई फिल्म ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गरेका छन् । उक्त पोस्टरहरुमा दुवैले प्रदर्शन मिति फूलपातीलाई नै तोकेका छन् ।

गत जेठमा नै फिल्म ‘बलिदान’को पहिलो पोस्टर सार्वजनिक गरी प्रदर्शन मिति फूलपातीलाई तोकिएको थियो ।

अर्थात्, आगामी दशैँमा तीन फिल्म ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ बक्स अफिस भिडन्त हुने पक्का भएको छ ।

‘बलिदान’को नायक समीर भट्ट हुन् । यस फिल्ममा नायकहरु सौगात मल्ल, अपर्ण थापा र नायिका ऋचा शर्माको समेत अभिनय रहने बताइएको छ । निर्देशक भने सन्तोष सेन हुन् ।

त्यस्तै, ‘माइतीघर’को नायकहरु धिरज मगर, प्रकाश सपुत र नायिका उपासनासिंह ठकुरी हुन् । यसको निर्देशक मिलन तमाङ हुन् भने निर्माता रोहित अधिकारी हुन् ।

वरिष्ठ कलाकार हरिवंश को चर्चित पात्र हरिबहादुरको चरित्रमा ‘हरिबहादुरको जुत्ता’ बनेको हो । यसको शीर्ष भूमिकामा हरिवंश नै रहेका छन् । दीपेन्द्र के खनालको निर्देशनमा बनेको यस फिल्मका नायिकाहरु स्वस्तिमा खड्का र प्रियंका कार्की हुन् । प्रकाश सपुत पनि यस फिल्मको शीर्ष भूमिकामा रहेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ३ : ४० बजे

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय

नेप्से परिसूचक १६.४७ अंकले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६.४७ अङ्कले