दशैँमा ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को बक्स अफिस प्रतिस्पर्धा पक्का « Khabarhub

दशैँमा ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को बक्स अफिस प्रतिस्पर्धा पक्का


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अगामी असोज १३ अर्थात् फूलपातीलाई पाँच फिल्मले प्रदर्शन मिति तोके पनि तीन मात्रै हलमा लाग्ने भएका छन् ।

फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ यस दशैँमा प्रदर्शनमा आउने भएका हुन् ।

दुई फिल्म ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गरेका छन् । उक्त पोस्टरहरुमा दुवैले प्रदर्शन मिति फूलपातीलाई नै तोकेका छन् ।

गत जेठमा नै फिल्म ‘बलिदान’को पहिलो पोस्टर सार्वजनिक गरी प्रदर्शन मिति फूलपातीलाई तोकिएको थियो ।

अर्थात्, आगामी दशैँमा तीन फिल्म ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ बक्स अफिस भिडन्त हुने पक्का भएको छ ।

‘बलिदान’को नायक समीर भट्ट हुन् । यस फिल्ममा नायकहरु सौगात मल्ल, अपर्ण थापा र नायिका ऋचा शर्माको समेत अभिनय रहने बताइएको छ । निर्देशक भने सन्तोष सेन हुन् ।

त्यस्तै, ‘माइतीघर’को नायकहरु धिरज मगर, प्रकाश सपुत र नायिका उपासनासिंह ठकुरी हुन् । यसको निर्देशक मिलन तमाङ हुन् भने निर्माता रोहित अधिकारी हुन् ।

वरिष्ठ कलाकार हरिवंश को चर्चित पात्र हरिबहादुरको चरित्रमा ‘हरिबहादुरको जुत्ता’ बनेको हो । यसको शीर्ष भूमिकामा हरिवंश नै रहेका छन् । दीपेन्द्र के खनालको निर्देशनमा बनेको यस फिल्मका नायिकाहरु स्वस्तिमा खड्का र प्रियंका कार्की हुन् । प्रकाश सपुत पनि यस फिल्मको शीर्ष भूमिकामा रहेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ३ : ४० बजे

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र

विश्वकप ड्र : कुन देश कुन समूहमा परे ?

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक