‘एमाले फुटाउनेहरू पश्‍चाताप गर्न थाले, पार्टी चलाउन सकिँदैन भन्‍न थाले’ « Khabarhub

‘एमाले फुटाउनेहरू पश्‍चाताप गर्न थाले, पार्टी चलाउन सकिँदैन भन्‍न थाले’


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विभाजनका कारण आफूहरू दोस्रो पार्टी बन्नु परेको बताएका छन् ।

उनले एमाले जनताको रोजाइको पहिलो पार्टी भए पनि परिणामको हिसाबले नेपाली कांग्रसपछि दोस्रो पार्टी बन्नु पुगेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमाले विभाजन गर्ने नेताहरू पश्चात्तापमा छटपटाइरहेका बताए ।

‘जुन नेताहरूले हिजो एमाले विभाजन गरेर वैकल्पिक पार्टी बनाउँछौँ भन्ने ठान्नुभएको थियो, आज उहाँहरूमा निराशा र हतासा देखिन्छ’, उनले भने, ‘केही नेताहरूले पार्टी फुटाउनु गलत थियो भनिरहनु भएको छ । कतिपय नेताहरूले अब पार्टी चलाउन सकिँदैन माओवादीसँग एकता गर्नुपर्छ भन्ने प्रस्ताव गर्नुभएको छ ।’

पार्टी फुटाउन कार्यकर्तालाई उत्तेजित पार्नेहरू अभियानमा उनीहरू असफल भएका पोखरेलले बताए। उनले अब असफल नेतृत्वका पछाडि लागि रहनु उचित नहुने बताए । ‘कार्यकर्ताहरू अब आफ्नै घर फर्कनु पर्दछ’, पोखरेलले भने ।

बिहीबार मात्रै एक टेलिभिजन अन्तर्वार्तामा समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले फुटाएकोमा पछुतो व्यक्त गरेका थिए । उनको यो भनाइ आएपछि अध्यक्ष माधवकुमार नेपालले शुक्रबार पार्टीबाट निस्केर जान चेतावनी दिएका छन् ।

उनले एकीकृत समाजवादीमा लागेका नेता कार्यकर्तालाई अब आफ्नै घर फर्कन आग्रह गरे । नेताहरू हतास भएर हिँडेका बेलो कार्यकर्ताहरू सही बाटोमा हिँड्नु पर्नेमा पोखरेलले जोड दिए ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : ३१ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ