सार्वभौम प्यालेस्टाइन नभएसम्म हमासले हतियार नबिसाउने « Khabarhub

सार्वभौम प्यालेस्टाइन नभएसम्म हमासले हतियार नबिसाउने


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

प्यालेस्टाइन – हमासले स्वतन्त्र र सार्वभौम प्यालेस्टाइन राज्य स्थापना नभएसम्म निःशस्त्रीकरणको प्रस्ताव अस्वीकार गर्ने जनाएको छ।

इजरायलले गाजामा युद्ध विरामका लागि हमासले हतियार बिसाउनु पर्ने शर्त राखेपछि हमासको यो प्रतिक्रिया आएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका दूत स्टिभ विटकोफले हमासले हतियार छाड्ने इच्छा देखाएको बताएका थिए।

विटकोफको प्रतिक्रियापछि इजरायलले युद्धविरामका लागि हमासले हतियार बिसाउने शर्त राखेको हो। इजरायल र हमास बीचमा गत साता अप्रत्यक्ष वार्ता भए पनि ठोस निष्कर्ष निस्केको छैन।

पछिल्ला केही दिन यता फ्रान्स र क्यानडा लगायत पश्चिमका देशले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रुपमा मान्यता दिने बताएपछि अरबका धेरै देशले हमासलाई हतियार बिसाउन अनुरोध गर्दै आएका छन्।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : २५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब