भारतीको ब्याटिङमा जडेजाको कीर्तिमान : के-के बने रेकर्ड ? | Khabarhub Khabarhub

भारतीको ब्याटिङमा जडेजाको कीर्तिमान : के-के बने रेकर्ड ?


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्यान्डमा शृङ्खला जोगाउन सङ्घर्ष गरिरहेको भारतले ब्याटिङमा थुप्रै कीर्तिमान कायम गरेको छ। भारतले ५ खेलको शृङ्खलामा तीन हजार ८०९ रन प्रहार गरेको छ। एउटै शृङ्खलामा सबै भन्दा धेरै रन प्रहार भएको यो दोस्रो हो। यसअघि सन् १९८९ को एसेसमा अस्ट्रेलियाले ६ खेलमा तीन हजार ८७७ रन प्रहार गरेको थियो। भारतले आठ पारीमा ३५० को आँकडा पार गरेको छ। यो नयाँ कीर्तिमान हो।

रवीन्द्र जडेजाले पाँच सय १६ रन प्रहार गरे। छैटौँ या त्यो भन्दा तल्लो क्रममा ब्याटरले एउटै शृङ्खलामा बनाएको यो सबै भन्दा धेरै रन हो। यसअघि सन् २००२ मा वेस्ट इन्डिजसँगको शृङ्खलामा भिभिएस लक्ष्मणले चार सय ७४ रन प्रहार गरेका थिए।

जडेजाले अन्य धेरै सफलता पाए। जडेजाले ६ अर्धशतक प्रहार गरे। एउटै शृङ्खलामा छैटौँ या त्यो भन्दा तल्लो क्रमका ब्याटरले प्रहार गरेको यो सबै भन्दा धेरै अर्धशतक हो। उनले चार अर्धशतक दोस्रो पारीमा प्रहार गरेका छन्। यो पनि थप कीर्तिमान हो।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ६ : ३० बजे

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

काभ्रेपलाञ्चोक – बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

बेनी – अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

आज देशभर मौसम सफा रहने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै