भारतीको ब्याटिङमा जडेजाको कीर्तिमान : के-के बने रेकर्ड ? « Khabarhub

भारतीको ब्याटिङमा जडेजाको कीर्तिमान : के-के बने रेकर्ड ?


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्यान्डमा शृङ्खला जोगाउन सङ्घर्ष गरिरहेको भारतले ब्याटिङमा थुप्रै कीर्तिमान कायम गरेको छ। भारतले ५ खेलको शृङ्खलामा तीन हजार ८०९ रन प्रहार गरेको छ। एउटै शृङ्खलामा सबै भन्दा धेरै रन प्रहार भएको यो दोस्रो हो। यसअघि सन् १९८९ को एसेसमा अस्ट्रेलियाले ६ खेलमा तीन हजार ८७७ रन प्रहार गरेको थियो। भारतले आठ पारीमा ३५० को आँकडा पार गरेको छ। यो नयाँ कीर्तिमान हो।

रवीन्द्र जडेजाले पाँच सय १६ रन प्रहार गरे। छैटौँ या त्यो भन्दा तल्लो क्रममा ब्याटरले एउटै शृङ्खलामा बनाएको यो सबै भन्दा धेरै रन हो। यसअघि सन् २००२ मा वेस्ट इन्डिजसँगको शृङ्खलामा भिभिएस लक्ष्मणले चार सय ७४ रन प्रहार गरेका थिए।

जडेजाले अन्य धेरै सफलता पाए। जडेजाले ६ अर्धशतक प्रहार गरे। एउटै शृङ्खलामा छैटौँ या त्यो भन्दा तल्लो क्रमका ब्याटरले प्रहार गरेको यो सबै भन्दा धेरै अर्धशतक हो। उनले चार अर्धशतक दोस्रो पारीमा प्रहार गरेका छन्। यो पनि थप कीर्तिमान हो।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ६ : ३० बजे

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा