खेलअघि भारतीय फाइटर कोरेनले भनेका थिए– रवीन्द्र त बच्चै हो, लड्न नआए राम्रो ! | Khabarhub Khabarhub

म्याट्रिक्स फाइट नाइट

खेलअघि भारतीय फाइटर कोरेनले भनेका थिए– रवीन्द्र त बच्चै हो, लड्न नआए राम्रो !


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘ऊ त बच्चा हो । म उसको दिमागै निकालिदिन्छु। मसँग लड्नै नआए राम्रो !’, यो थियो भारतका फाइटर चोङ्गरेङ्ग कोरेनको घमण्ड । उनले नेपाली फाइटर रवीन्द्र ढाँटविरुद्धको फाइटअघि यसरी अपमानजनक अन्तर्वार्ता दिएका थिए । तर यो घमण्ड फाइटका क्रममा केही सेकेन्डमै माटोमा मिल्यो ।

भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट (एमएनएफ) को बहुप्रतिक्षित बान्टमवेट टाइटल फाइटमा रवीन्द्र ढाँटले उनै भारतीय फाइटर कोरेनलाई तेस्रो राउन्डको सुरुवातमै नकआउट गरे । रवीन्द्रको यो ऐतिहासिक जितले केवल टाइटल बेल्ट मात्रै होइन, सम्पूर्ण नेपाली खेलप्रेमीको मन जितेको छ ।

फाइटअघि भारतीय मिडियामा रविन्द्रलाई ‘बच्चा’ भन्दै उपहास गर्ने कोरेनको दम्भ फाइटको रिङमा केही सेकेन्ड पनि टिक्न सकेन । तीव्र र संयमित शैलीमा आक्रमण गर्दै रवीन्द्रले कोरेनलाई लगातार प्रहार गरे । अन्ततः ती प्रहारको श्रृंखलाले कोरेन ढले । रेफ्रीले फाइट रोक्दै रवीन्द्रलाई विजेता घोषणा गरे ।

यो जीतसँगै रविन्द्र ढाँटले आफ्नो व्यावसायिक एमएम करिअरमा नवौँ जित दर्ता गरे । अब उनी एमएफएन बान्टमवेट च्याम्पियन बनेका छन् । फाइटपछि उनले भने, ‘नेपालको झण्डा काँधमा बोकेर आएको थिएँ । आज त्यो झण्डालाई रिङमै फहराउन पाएको छु।’

रवीन्द्रको जीतलाई केवल एक खेलाडीको सफलता मात्र होइन, नेपालको साहस, आत्मबल र आत्मसम्मानको विजयका रूपमा मानिएको छ । उनको यो जितपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बधाई दिएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ९ : ०७ बजे

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

उदयपुर– कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क

जहाँ बाँस त्यहाँ जीवन

धन र सम्पत्ति घरमै झोलामा,बाँसको डोलामा लान्छन् खोलामा।प्रस्तुत गीतको नेपाली

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी– पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग