सोमबार लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

सोमबार लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ७७ पैसा र बिक्रीदर १४० रुपियाँ ३७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ ९३ पैसा र बिक्रीदर १६२ रुपियाँ ६३ पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपियाँ ६१ पैसा र बिक्रीदर १८६ रुपियाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपियाँ ८४ पैसा र बिक्रीदर १७४ रुपियाँ ५९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ५३ पैसा र बिक्रीदर ९० रुपियाँ ९२ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ३७ पैसा र बिक्रीदर १०१ रुपियाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ४६ पैसा र बिक्रीदर १०८ रुपियाँ ९२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४८ पैसा र बिक्रीदर नौ रुपियाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ३८ पैसा र बिक्रीदर १९ रुपियाँ ४६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २६ पैसा र बिक्रीदर ३७ रुपियाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २४ पैसा र बिक्रीदर ३८ रुपियाँ ४० पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३० पैसा र बिक्रीदर चार रुपियाँ ३२ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ६८ पैसा र बिक्रीदर ३२ रुपियाँ ८२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०६ पैसा र बिक्रीदर १० रुपियाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४९ पैसा र बिक्रीदर १४ रुपियाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ७० पैसा र बिक्रीदर २१ रुपियाँ ७९ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८१ पैसा र बिक्रीदर १७ रुपियाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपियाँ ३६ पैसा र बिक्रीदर ४५९ रुपियाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ७४ पैसा र बिक्रीदर ३७२ रुपियाँ ३३ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपियाँ ०२ पैसा र विक्रीदर ३६४ रुपियाँ ५८ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ५ : ४४ बजे

उदयपुर सिमेन्ट उद्योग आर्थिक संकटमा, सामान्य प्याकिङ गर्ने बोरा पनि किन्न सकेन

काठमाडौं– राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक संकटमा

लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद

सिद्धार्थनगर– लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि शान्तिसुरक्षा सुदृढ गर्दै चोरी,

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर– यहाँस्थित स्वीकृति विना अस्थायी-स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक जग्गा

लुम्बिनी सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनी– लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष प्रदेश सरकारका नवनियुक्त पाँच

गर्मीका कारण कोहलपुरका विद्यालय तीन दिन बन्द

नेपालगन्ज– बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालय आजदेखि तीन