देशभर वर्षाको सम्भावना, यी भूभागमा ठूलो पानी पर्ने « Khabarhub

देशभर वर्षाको सम्भावना, यी भूभागमा ठूलो पानी पर्ने


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई नजिक अवस्थित छ ।

महाशाखाका अनुसार अहिले देशभर पूर्णतया बदली रहेको छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै, आज राति देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी तराई भूभागका धेरै स्थान तथा बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र आगामी केही दिन मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ६ : ३२ बजे

देशभर हर्षोल्लासका साथ उँधौली पर्व मनाइँदै

काठमाडौं– मङ्सिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत

भारत–रुस सम्बन्धमा अमेरिकी दबाब

एजेन्सी– रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय–परीक्षित’ मित्रका रूपमा व्याख्या

के महिनावारी हुनु पाप हो ? 

काठमाडौं– केही महिला अधिकारकर्मी, सिने कलाकारले पनि ‘महिनावारी रगत दूषित

महाधिवेशन तालिकासँगै कांग्रेसमा जोड-घटाउ सुरू, खड्कालाई सभापतिमा सघाउने देउवाको वचन

काठमाडौं– नेपाली कांग्रेसले आगामी पुस २६,२७ र २८ गते काठमाडौँमा

पोखराका भीम सार्कीको आक्रामक ब्याटिङले काठमाडौंलाई दियो १६६ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको