आप्रवासी चढेको डुङ्गा दुर्घटना : ६८ जनाको मृत्यु, ७४ बेपत्ता « Khabarhub

आप्रवासी चढेको डुङ्गा दुर्घटना : ६८ जनाको मृत्यु, ७४ बेपत्ता


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

यमन – यमनको समुन्द्री तटमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ६८ अफ्रिकी आप्रवासीको ज्यान गएको छ। संयुक्त राष्ट्र सङ्घीय आप्रवासी नियोगले जनाए अनुसार ७४ जना हराइरहेका छन्। सो डुङ्गामा १५१ जना इथियोपियाका आप्रवासी थिए।

दुर्घटनामा १२ जना बाच्न सफल भएका छन्। ५४ जनाको शव खानफारमा फेला परेको हो। १४ जनाको शव अन्य विभिन्न स्थानमा फेला परेको छ। यमनी अधिकारीहरूले यसअघि नै ५४ जनाको ज्यान गएको बताएका थिए।

जन्जिबारमा रहेको स्वास्थ्य निर्देशक अब्दुल बादेर कलामीले साक्रमा उनीहरूको अन्त्येष्टि गरिने जानकारी दिए।

त्यहाँ पानीको बाटो हुँदै यमनी र अफ्रिकालीले यात्रा गर्नु स्वाभाविक मानिन्छ। सन् २०१४ मा यमनमा गृह युद्ध सुरु भएपछि सोही बाटोको प्रयोग गरेर भाग्नेक्रम व्यापक भएको हो।

सोमालिया र इथियोपियाका बासिन्दा पनि सोही बाटोबाट भाग्ने गर्छन्।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ७ : ३२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली