रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण « Khabarhub

रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसको सोचीमा रहेको एक तेल डिपोमा युक्रेनले आक्रमण गरेको छ। रातभर ड्रोन प्रहारका कारण तेल डिपोमा क्षति पुगेको छ। सोचीको ब्ल्याक सी रिसोर्ट नजिक रहेको तेल केन्द्रमा आगो लागेको मस्कोले जनाएको छ।

क्रास्नोडोरका प्रान्तीय गभर्नर भेनाइमिन कोन्ड्रायेटेयभले ड्रोनले टयांकमा आक्रमण गरिएको थियो। त्यही स्थानमा १२७ फार फाइटर पनि थिए।

सन् २०१४ को शीतकालीन ओलम्पिक खेलकुदको आयोजना गरेको सोचीको विमानस्थल केही सयम बन्द गरिएको छ। यसैगरी, रुसले पनि खेर्सनको महत्त्वपूर्ण पुलमा आक्रमण गरेको छ। सो आक्रमणमा एक जनाको ज्यान जानुको साथै सात जना घाइते भएका छन्।

सोचीमा भएको आक्रमण यस साता युक्रेनले गरेको आक्रमण मध्य एक हो। युक्रेनको रक्षा विभागले दिएको जानकारी अनुसार रात भरीमा ९३ ड्रोन आक्रमण भएको थियो। यी मध्यका ६० वटा ब्ल्याक सी क्षेत्रमा प्रहार भएका थिए। युक्रेनले रातभर रुसले आक्रमण गरेको जनाएको छ।

रुसले रातभरिमा ७६ ड्रोन तथा ७ मिसाइल प्रहार गरेको युक्रेनले जानकारी दिएको छ। ६१ आक्रमणलाई निस्तेज पारेको छ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ९ : ५४ बजे

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि