तारकेश्वर गाउँपालिका- ६ का वडाध्यक्ष रिमालको निधन « Khabarhub

तारकेश्वर गाउँपालिका- ६ का वडाध्यक्ष रिमालको निधन


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको ४४ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

ज्वरो र निमोनियाले स्वास्थ्य प्रतिकूल भएसँगै वीर अस्पताल काठमाडौंमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गत जेठमा पत्थरीको शल्यक्रिया पश्चात नियमित स्वास्थ्य जाँच गराउँदै आएका उनलाई पछिल्लो एक सातादेखि ज्वरो र निमोनियाले सताएको थियो ।

नेकपा एमाले नुवाकोटको सचिवालय सदस्य समेत रहेका रिमाल यसअघि २०७४ सालको निर्वाचनमा पनि वडा सदस्यमा निर्वाचित भएका थिए ।

उनको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै तारकेश्वर गाउँपालिकाले आज शोक बिदा दिएको छ । 

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ११ : ३४ बजे

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा