बढ्यो दशैंको चहलपहल, बजारमा किनमेल गर्नेको भीड | Khabarhub Khabarhub

बढ्यो दशैंको चहलपहल, बजारमा किनमेल गर्नेको भीड


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सपिङ गर्न न्युरोड नआइ चित्तै बुझ्दैन भक्तपुरकी सीमा गुरुङलाई । तीज आओस् या दशैंतिहार केही सपिङ गर्नु परेमा उनी न्युरोड नै आइपुग्ने बताउँछिन् उनी ।

‘भक्तपुरमा पनि थुप्रै सपिङ मलहरु छन् तर म सधै यही आउछु’ उनी भन्छिन्, ‘यहाँको चहलपहल नै रमाइलो लाग्छ।’

उनी मात्र होइन् धेरैलाई त्यहाँको माहोलले दशैं आएझैँ बनाउँछ । त्यसकारण पनि उनीहरु खाद्य वस्तु किन्न होस् वा लत्ता कपडा असन नै आइपुग्छन् ।

आइतबार राजधानीका अधिकांश सपिङ मल तथा बजारहरुमा किनमेल गर्नेहरुको भीड थियो । अझ असन, इन्द्रचोक, महाबौद्ध, न्युरोडमा आवतजावत गर्ने ठाउँ नै थिएन ।

साँघुरो बाटो मान्छेहरु आवतजावत गर्न निकै मुस्किल देखिन्थ्यो । ठूलाठूला भारी बोकेर हिड्ने बटुवाहरुको संख्या उत्तिकै । दुइपांग्रे सवारी आवतजावत नै बन्द थियो ।

सपिङ गर्नेहरु पसलबाट हास्दैँ बाहिर निस्किरहेका थिए भने कतिपय मानिस आफुले चाहे जस्तो कपडा नपाएर दिक्क मान्दै हिडिँरहेका पनि ।

व्यापार गर्नेहरुका लागि दशैं सबैभन्दा ठूलो सिजन पनि हो । त्यसकारण पनि उनीहरु भ्याइनभ्याई देखिन्थे । ‘किन्नेहरु भन्दा हेर्नेहरु धेरै आउँछन्’ न्युरोडका कपडा व्यवसायी सुन्दर शाहले भने ‘हेर्नेहरु आउँदा पनि खुसी लाग्छ।’

न्युरोडमा उनको ठूलो कपडा होलसेल छ । साथै इन्द्रचोकमा बुटिक सञ्चालन गरिरहेका छन् उनले । अन्य समयमा भन्दा यो बेला बढि व्यापार हुने हुँदा कामदार नै थप्नुपर्ने अवस्था रहेको उनले बताए ।

‘हामी व्यापारीको लागि त सबैभन्दा ठूलो सिजन नै यही हो’ खबरहबसँग कुरा गर्दै उनले भने ‘एक महिनाको लागि भनेर ५ जना कामदार थपेको छु मैले नि।’

दशैं मनाउन लागि काठमाडौंबाट बाहिर जानेहरुले आफ्ना परिवारका लागि केही न केही नयाँ सामान किनेर लगिदिने भएकाले पनि बजारमा भीड भएको उपभोक्ताहरु बताउँछन् ।

उनी मात्र होइन् । धेरै व्यापारीहरुले दशैंकै लागि भनेर पनि कामदार थप्ने गरेका छन् । शनिबारको दिन अझ बढि भीड हुने हुँदा परिवारका सबै सदस्य जम्मा भएर व्यापार गरिरहेको व्यापारीहरु बताउँछन् ।

सडकका पसल मात्र होइनन् । भित्री गल्लीका पसलहरुमा पनि उस्तै भीड देखिन्थ्यो । व्यापारीक मल तथा पसलले दशैंलाई लक्षित गरेर विभिन्न अफर योजना समेत ल्याएका छन् ।

पसलको बाहिर पट्टि ठूलो बोर्डमा २० देखि ५० प्रतिशत सम्म छुट भन्दै टाँसेका छन् ।

सर्वसाधरणको ध्यान खिच्नका लागि र अन्य समयमा भन्दा दशैंमा बढि व्यापार गर्ने उद्धेश्यले छुट दिएको बताउँछन् व्यापारीहरु ।

त्यस्तै भृकुटीमण्डप, चावहिल, बौद्ध, गौशाला, माछापोखरी, नयाँ बसपार्क लगायत राजधानीका अन्य स्थानहरु पनि यति भीडभाडमय बनेका छन् । सडक मल तथा सपिङ मलहरुमा मानिसको भीड उत्तिकै छ ।

दशैंको चहलपहल शुरु भएसँगै फुटपाथ व्यापारीहरु पनि रमाएका छन् । सोह्रश्राद्ध शुरु भएसँगै फुटपाथमा दशैंका लागि व्यापार गर्न लागिरहेकी कलंकीकी फूलमाया लिम्बू यति बेला निकै खुसी छिन् ।

माछापोखरीबाट नयाँ बसपार्क जानेबाटो तर्फ सडकको ओरोलो भागमा उनी व्यापार गरिहहेकी छिन् । व्यापारकै लागि कलंकीबाट बिहान छ बजेदेखि बेलुकी सात बजेसम्म सडकमै बस्छिन् उनी ।

त्यसो त कलंकीमा पनि व्यापार गर्ने ठाउँ नभएको भने होइन् । तर नयाँ बसपार्कमा बढी मानिसहरुको भीडभाड हुने हुँदा बढि व्यापार हुने आशाले आएको बताउँछिन् फूलमाया ।

‘दशैंमा टिकट लिन आउनेदेखि घर जानेसम्म यही आइपुग्छन्’ फुलमायाले खबरहबसँग कुरा गर्दै भनिन्, ‘त्यही भएर व्यापार गर्न यहाँ आइपुगेकी।’

उनी मात्र होइनन् । व्यस्त ठाउँहरुलाई लक्षित गर्दै हातमै कपडा लिएर डुलाउँदै हिड्ने व्यापारीहरु पनि सडक प्रशस्तै देखिन्छन् । दशैं खर्च जोहोका लागि हातमै कपडा बोकेर व्यापार गरिरहेको उनीहरु बताउँछन् ।

त्यसो त दशैंमा राम्रो लगाउने र मिठो खाने चाहना सबैको हुन्छ । ज्याला मजदुरी गरेर कमाउनेहरु पनि दशैंका लागि पैंसा जोहो गरेर राख्छन् ।

मजदुरलाई दशैं टार्न कठिन

काभ्रेकी माइली तामाङ विगत १२ वर्षदेखि भारी बोक्ने काम गरिरहेकी छिन् । भारी बोकेरै ३ छोराछोरीलाई पालिरहेकी माइलीलाई दशैंलाई खर्च जोहो गर्न निकै गाह्रो हुने बताउँछिन् ।

‘दशैंमा आफुलाई केही सामान नकिनेपनि छोराछोरीलाई नयाँ लुगा किन्दिने सोच छ’ उनी भन्छिन्, ‘साहुसँग ऋण मागेर भएपनि बालबच्चालाई राम्रो लुगा किनिदिन्छु।’ छोरछोरीलाई खुसी बनाउन सकेमा त्यसमै खुसी मिल्ने उनको भनाइ छ ।

उनी जस्ता थुप्रै व्यक्तिहरु छन् । जो दिनरात शहरका कुनामा भारी बोकेर हिडिरहेका छन् । उनीहरलाई कसरी दशैं टार्नु र बालबच्चालाई राम्रो र मिठो खाने कुराको कसरी जुटाउन भन्ने कुराको चिन्ता छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ९ : ०५ बजे

सुहाङ ५ हजार ६६२ मतले अगाडी 

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका