भिजिट भिसा प्रकरणलाई जनताले कहिल्यै बिर्सिँदैनन् : रास्वपा « Khabarhub

भिजिट भिसा प्रकरणलाई जनताले कहिल्यै बिर्सिँदैनन् : रास्वपा


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशिम साहले गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणलाई जनताले कहिल्यै नबिर्सने दाबी गरेका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा रास्वपाका तर्फबाट बोल्दै उनले यस्तो दाबी गरेका हुन् । 

‘सभामुख महोदय, भिजिट भिसाको नाममा मानव तस्करहरूको फाइल कहाँ पुग्यो भनेर म गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु,’ सांसद साहले भने, ‘जनताले यो प्रकरण बिर्सिन्छन् भनेर गल्ती नगर्नुहोला । जनताले बिर्सिने छैनन्, हामी कुनै पनि हालतमा बिर्सिन दिने छैनौँ ।’ 

उनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपालाई व्यवस्था र संसद् विरोध भनेको प्रति आपत्ति जनाए ।  

‘प्रधनमन्त्रीज्यूले केही दिन अघि रास्वपालाई व्यवस्था विरोधी र संसद् विरोधी भनिराख्दा मलाई गालिबको एउटा शायरी याद आयो । ‘उम्रभर गालिब यही भूल कर्ता रहा, धुल चेहेरे पे थि और आएना साफ करता रहा’,’ साहले भने, ‘धुलो त ऐना हेर्ने तपाईंहरूकै मन्त्रिपरिषद्का सदस्यहरूको अनुहारमा लागको छ, अनि ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ त ?’

सांसद साहले पूर्वमन्त्री राजकुमार गुप्ताको ‘घुस डिल’को अडियो सार्वजनिक भए पनि उनीमाथि कारबाही नभएको भन्दै आपत्ति जनाए ।  

‘यो कस्तो परम्परा हो, भ्रष्टाचारको अडियो बाहिरियो, घुस मागेको प्रमाण आयो । अनि राजीनामा दिएपछि सबै पखालियो रु राजीनामा भनेको त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गंगा स्नान पो भएछ,’ साहले भने, ‘तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो । छानबिनको फाइन बन्द भयो । अनि त्यही अडियोमा नाम सुनिएका अर्का मन्त्री र पूर्व मन्त्रीलाई किन अदृष्य शक्तिको संरक्षण दिइरहेको छ ?’

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  १ : ३१ बजे

अत्यधिक गर्मी बढेपछि नेपालगन्जका विद्यालय बन्द

नेपालगन्ज– अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा बुधबारदेखि लागू हुनेगरि तीन दिनका

सबैजसो पुराना नेता तानिन सक्छन् अनुसन्धानमा, दलहरूमा निम्तिन सक्छ गम्भीर संकट

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा सरकार बनेको भोलिपल्टबाटै पुराना दलका

राजनीति जनताको सेवा गर्ने औजार हो : मन्त्री तिमिल्सिना

चितवन– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा

आफैं गाडी चलाएर बन्द सत्रस्थलमा पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन