‘प्रधानमन्त्रीले नै राप्रपा र रास्वपालाई संविधान विरोधी भन्नु खेदजनक’ « Khabarhub

‘प्रधानमन्त्रीले नै राप्रपा र रास्वपालाई संविधान विरोधी भन्नु खेदजनक’


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धुव्रबहादुर प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति खेद व्यक्त गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले राप्रपालाई व्यवस्था र संविधान विरोधी भनेको भन्दै प्रधानमन्त्री ओलीप्रति खेद व्यक्त गरेका हुन् । 

भिजिट भिसा प्रकरण छानबिनका लागि राप्रपा र रास्वपाले न्यायिक वा संसदीय समिति गठनको माग गरेको जिकिर गर्दै सांसद प्रधानले भने, ‘जब कुनै ठाउँमा कमी कमजोरी देखियो, सदनबाट, ३० लाख जनताको प्रतिनिधित्व गर्ने व्यक्तिहरूबाट जब विरोध आयो । अनि राप्रपा र रास्वपालाई व्यवस्था र संविधान विरोधी भन्ने कुरा कार्यकारी प्रमुखबाट आउनु अत्यन्त खेदजनक छ ।’

उनले भिजिट भिसा समस्या नभएर नियत समस्या भएको जिकिर गरे ।

‘समस्या भिजिट भिसाको होइन, समस्या नियतको हो । भिजिट भिसामा त सबै जान्छन्,’ प्रधानले भने, ‘श्रम मन्त्रालय, जसको थुप्रै संयन्त्रहरूले मानवहरूलाई विदेशमा पठाउने गरेका छन् । जसमार्फत् इमिग्रेसन (अध्यागमन) पनि जोडियो । जुन गृह मन्त्रालयअन्तर्गत रहेको छ ।’ 

उनले राप्रपाले समाधान चाहेको पनि प्रष्टिकरण दिए ।

‘सम्माननीय सभामुख महोदय, हामी समाधान चाहन्छौँ । कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भइसकेपछि त्यहाँको छानबिन कस्तो हुन्छ ?,’ प्रधानले प्रश्न गर्दै भने, ‘त्यसैकारणले न्यायिक आयोगको कुरा हामीले निकालिरहेका छौँ । न्यायिक छानबिनको कुरो निकालिरहेका छौँ ।’

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  १ : ४९ बजे

अत्यधिक गर्मी बढेपछि नेपालगन्जका विद्यालय बन्द

नेपालगन्ज– अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा बुधबारदेखि लागू हुनेगरि तीन दिनका

सबैजसो पुराना नेता तानिन सक्छन् अनुसन्धानमा, दलहरूमा निम्तिन सक्छ गम्भीर संकट

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा सरकार बनेको भोलिपल्टबाटै पुराना दलका

राजनीति जनताको सेवा गर्ने औजार हो : मन्त्री तिमिल्सिना

चितवन– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा

आफैं गाडी चलाएर बन्द सत्रस्थलमा पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन