‘प्रधानमन्त्रीले नै राप्रपा र रास्वपालाई संविधान विरोधी भन्नु खेदजनक’ « Khabarhub

‘प्रधानमन्त्रीले नै राप्रपा र रास्वपालाई संविधान विरोधी भन्नु खेदजनक’


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धुव्रबहादुर प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति खेद व्यक्त गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले राप्रपालाई व्यवस्था र संविधान विरोधी भनेको भन्दै प्रधानमन्त्री ओलीप्रति खेद व्यक्त गरेका हुन् । 

भिजिट भिसा प्रकरण छानबिनका लागि राप्रपा र रास्वपाले न्यायिक वा संसदीय समिति गठनको माग गरेको जिकिर गर्दै सांसद प्रधानले भने, ‘जब कुनै ठाउँमा कमी कमजोरी देखियो, सदनबाट, ३० लाख जनताको प्रतिनिधित्व गर्ने व्यक्तिहरूबाट जब विरोध आयो । अनि राप्रपा र रास्वपालाई व्यवस्था र संविधान विरोधी भन्ने कुरा कार्यकारी प्रमुखबाट आउनु अत्यन्त खेदजनक छ ।’

उनले भिजिट भिसा समस्या नभएर नियत समस्या भएको जिकिर गरे ।

‘समस्या भिजिट भिसाको होइन, समस्या नियतको हो । भिजिट भिसामा त सबै जान्छन्,’ प्रधानले भने, ‘श्रम मन्त्रालय, जसको थुप्रै संयन्त्रहरूले मानवहरूलाई विदेशमा पठाउने गरेका छन् । जसमार्फत् इमिग्रेसन (अध्यागमन) पनि जोडियो । जुन गृह मन्त्रालयअन्तर्गत रहेको छ ।’ 

उनले राप्रपाले समाधान चाहेको पनि प्रष्टिकरण दिए ।

‘सम्माननीय सभामुख महोदय, हामी समाधान चाहन्छौँ । कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भइसकेपछि त्यहाँको छानबिन कस्तो हुन्छ ?,’ प्रधानले प्रश्न गर्दै भने, ‘त्यसैकारणले न्यायिक आयोगको कुरा हामीले निकालिरहेका छौँ । न्यायिक छानबिनको कुरो निकालिरहेका छौँ ।’

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  १ : ४९ बजे

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी- इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय